Date Thursday, 2017 Nov 23
Studio Time 04:20:00 NST
News »
देश
आत्महत्याको संख्यामा बृद्धी पाँचथरमा पुरुष बढी

सिंहलिला समाचार पाँचथर २५ भदौ
पाँचथरमा जिल्लामा आत्माहत्या गर्नेको संख्यामा वृद्धी भएको छ । विश्व आत्माहत्या रोकथाम दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय पाँचथरले सार्वजनिक गरेका तथ्याङक निराशा जनक देखाएको हो ।

प्रहरीले सार्वजनीक गरेको तथ्याङ्कमा विगत ३ वर्षको अवधिमा ११७ जनाले आत्माहत्या गरेको देखाएको छ । आर्थीक वर्ष २०७१÷०७२ मा ३४ जनाले, आव २०७२र०७३ जनाले २७ जनाले आत्मा हत्या गरेका पाइएको छ । त्यसैगरी आव २०७३र०७४ मा ४९ जनाले आत्मा हत्या गरेका छन् । त्यस्तै चालु आबको श्रावण सम्ममा ७ जनाले आत्मा हत्या गरेको तथ्याङक सार्वजनिक भएको छ ।

आत्मा हत्या गर्नेमा सबैभन्दा बढी पुरुष रहेको तथ्याङले देखाएको छ । आत्माहत्या गर्नेमा पुरुष ६३ जना, महिला ४५ जना र ९ जना वालबालिका रहेको तथ्याङ्क सार्वजनिक गप्रहरीले छ । सामुदायीक सेवा केन्द्रको पाँचथरको आयोजनामा सम्पन्न कार्यक्रममा पाँचथरका प्रहरी नायव उपरीक्षक वामदेव गौतमले सो तथ्याङक सार्वजनिक गर्नु भएको हो ।

जिल्ला सम्वन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाको प्रमुख आतित्थतामा सम्पन्न कार्यक्रममा सेवा केन्द्र पाँचथरका अध्यक्ष छवि बास्कोटाको अध्यक्षता रहेको थियो । कार्यक्रममा सापकोटाले आत्महत्या जस्तो जघन्य अपराधलाई न्युनिकरण गर्न सवै पक्षको सामूहिक प्रयास जरुरी रहेको बताएका छन् । घर परिवार समाज र सिंगो राज्यको त्यसतर्फ ध्यानाकर्षण हुनुपर्नेमा उनले जोड दिएका थिए ।

कार्यक्रममा फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङ, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई९खतिवडा० लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले आत्महत्या न्युनिकरणमा सवै सरोकारवालाहरुको भूमिका आवश्यक रहेको वताएका थिए ।

Featured Programs
Photo Gallery
RJ Profile

दिपिका लिम्बु

कार्यक्रम प्रस्तोता

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives