Date Tuesday, 2017 Sep 26
Studio Time 04:20:00 NST
News »
राजनीति
मेयर शाक्यको सय दिन : १०१ मध्ये ८६ काम पूरा गर्दा पनि भयो चर्को आलोचना, बदनाम गर्न महानगरकै बार्गेनर गिरोह सक्रिय

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पदवहाली गरेको सय दिनमा गरिएको सवै कामको फेहरिस्त मतदातासामु सार्वजनिक गर्नुभएको   महानगरमा लुटन पल्केका गिरोहको निसानामा पर्दै आउनु भएका मेयर शाक्यले पत्रकार सम्मेलन गरी आफूले सय दिनमा गरेका कामको फेहरिस्त सार्वजनिक गर्नुभएको हो

उहाँले सार्वजनिक कार्यक्रममा निर्वाचनका बेला आफूले गरेको प्रतिवद्धता बमोजिम सय दिनमा गर्ने भनिएका १०१ काममध्ये अधिकांश कार्य सम्पादन गरिएको तथ्य राख्नुभयो पद बहाली गरेको सय दिनमा आफ्नो प्रतिबद्धतानुसार विकाससम्बन्धी ८६ काम थालनी भइसकेको मेयर शाक्यले दृष्टान्त प्रस्तुतसमेत गर्नुभयो कतिपय कार्यहरुको नतिजा प्राप्त भइसकेका छन् भने कतिपय कार्यहरु कार्यान्वयनकै चरणमा छन् कतिपय प्रतिवद्धता कार्यान्वयनका लागि नीतिगत तथा व्यवस्थापकीय प्रवन्ध सुरु भएको ,’ शाक्यले भन्नुभयो, ‘यी सवै कार्यान्वयनकै चरणहरु हुन त्यसैले सवै प्रतिवद्धताहरु कार्यान्वयन भएको अर्थमा बुझ्न समेत विनम्र अनुरोध गर्दछु

उहाँले प्रतिवद्धता व्यक्त गरेका  १०१ कार्यहरुको कार्यान्वयन भई अहिले नै जनअपेक्षा अनुरुप उपलब्धी हाँसिल नभए पनि अधिकांश विषयमा विनियोजन ऐन, २०७४, आर्थिक वर्ष २०७४ ७५ नीति, योजना, कार्यक्रम बजेटमा समाविष्ट भएको प्रष्ट पार्नुभयो  ‘नयाँ संविधान कार्यान्वयनका लागि कानूनी व्यवस्था एवं संरचनागत परिवर्तनका कार्य भइरहेको वर्तमान संक्रमणकालिन अवस्थामा जनताबीच गरिएका प्रतिवद्धता घोषणा एवं कार्यक्रमहरु सम्पादन गर्ने कार्य त्यति सहज थिएन,’ उहाँले भन्नुभयो, ‘यस परिस्थितिमा पनि महानगरपालिकाले स्थानीय तहको सरकारले गर्ने कार्यमध्ये केही महत्वपूर्ण कार्यको थालनी गरेको

उहाँले  सय दिनमा गरेका केही कामहरुको फेहरिस्त नै प्रस्तुत गर्नुभयो  उहाँले नेपालको संविधानको धारा २३० बमोजिम नगर सभाबाट आर्थिक ऐन, २०७४ विनियोजन ऐन, २०७४ जारी गरी राजस्वको अनुमान, खर्चको अनुमान, महानगरपालिकाको लागि एक वर्षे, पाँच वर्षे विस वर्षे विकासका नीति, योजना तथा कार्यक्रम पारित गरेको बताउनु भयो त्यसैगरी उहाँले काठमाडौं महानगरपालिकाको शहर सफा गर्ने अभियान अनुरुपक्लिन सिटीकार्यक्रम अन्तर्गत वडा वडाबाट जनपरिचालन गरी दैनिक रुपमा गरिने फोहोर संकलन भन्दाबाहेक एक हजार ९५ मेट्रिक टन फोहर संकलन गरी अन्तिम व्यवस्थापन गरिएको शाक्यले बताउनु भयो

ग्रिन सिटीकार्यक्रम अन्र्तरगत सय दिनको अबधिमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्र १८०३ वटा वृक्षारोपण गरिएको ,’ उहाँले भन्नुभयो, ‘उज्यालो अभियान अन्तर्गत ३२ वटै वडा क्षेत्रमा अभियान कै रुपमा १७७६ थान सोलार बत्ती जडान गरी करिब ६९३ किलोवाट विद्युत किफायत भएको मेयर शाक्यले जेष्ठ नागरिकको जीवनयापन सहज बनाउने उदेश्यले ८८ वर्ष उमेर पुगेका सय ८९ जेष्ठ नागरिकहरुको लागि १२ हजार रुपैया महानगर विशेष भत्ता आवासमै गई दक्ष चिकित्सकबाट निशुःल्क स्वास्थ्य परीक्षण गरेको भन्दै अब ७५ वर्ष उमेर पुगेका महिला ८० बर्ष उमेर पुगेका पुरुषहरुलाई समेत यसै बमोजिमको सेवा उपलब्ध गराउने तयारी सुरु गरेका जानकारी दिनुभयो

जेष्ठ नागरिकहरुको लागि वडा वडामा मनोरञ्जनात्मक स्थल, विश्रामस्थल, जेष्ठ नागरिक भवन, क्लब स्थापना गरी संचालन गर्न सुरु गरिएको ,’ मेयर शाक्यले भन्नुभयो, ‘पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई वार्षिक हजार उपलब्ध गराउनुका साथै अन्य वर्गका अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास तथा सहजीकरण कार्यक्रमहरु संचालन गरेका छौँ उहाँले  भौतिक संरचनाहरु अपाङ्तामैत्री बनाउने कार्यको प्रारम्भ , १५ वडाको र्याम्प निर्माणबाट प्रारम्भ भएको पनि जानकारी दिनुभयो  काठमाडौंलाईस्मार्ट सिटीबनाउने सपना पनि आफ्नै कार्यकालमा पूरा गर्ने उहाँले बताउनुभयो

सम्पदा क्षेत्र, उद्यान अन्य सार्वजनिक स्थलहरु क्रमशःवाइफाई फ्रि जोनबन्ने भन्दै शाक्यले बालाजु, रत्नपार्का, बसन्तपुरलगायतका स्थानलाईवाइफाई फ्रि जोनबनाएको बताउनुभयो  ‘फोहरवाट विजुली, ग्यास, जैविक मल ,कौशी खेतीलाई प्रबर्धन प्रारम्भ भएको दैनिक मेट्रिक टन फोहरवाट १४ किलोवाट विजुली उत्पादन सुरु भएको ,’ उहाँले भन्नुभयो, ‘मोनोरेल, मेट्रोरेल, सिटी केबुलकार संचालनमा आउनुपूर्व सार्वजनिक यातायातको प्रबर्धन गर्नुको विकल्प नभएकाले हामीले साझा यातायातको संख्या वृद्धि गरी महानगर भित्र सार्वजनिक यातायात सहज बनाउने कामको थालनी गरेका छौँ त्यही अनुरुप थप रु करोड लगानीबाट थप २० वटा ठूला सहरी बस थपिदैँ

त्यसैगरी उहाँले काष्ठमण्डप, रानीपोखरी अन्य महत्वपूर्ण सम्पदाहरुको पुननिर्माण काठमाडौं महानगरकै नेतृत्वमा अघि बढेको पनि जानकारी दिनुभयो  महानगरपालिकाका सम्पुर्ण कार्यहरुलाई भ्रष्टाचारमुक्त्त पारदर्शी बनाउन वडा कार्यालयहरुमा हेल्प डेक्स स्थापना गर्ने सिसिटिभी जडान गर्ने कार्यको थालनी भएको, भवन निमार्ण प्रणालीमा सुधार गर्न इबीपीएस वीथ डिजिटल सिग्नेचर लागू गर्ने अन्तिम चरणमा रहेको जानकारी दिनुभयो

यस्ता छन् मेयरले सय दिनका गरेका अन्य काम उहाँकै शब्दमाः

 नेपाल सरकारका सम्बद्ध निकाय, विदेशी नियोग, स्वदेशी तथाØ विदेशी लगानीकर्ताहरुसँग काठमाडौं उपत्यकामा निर्माण गर्ने ठुला पुर्वाधारका योजना तथा एकीकृत विकासका परियोजनाहरुका बारेमा गहन छलफल अगाडि बढेको काठमाडौं महानगरपालिकाको लागि योजना नीति तथा रणनीति तर्जुमा गर्न तथा आवश्यक विषयमा अध्ययन अनुसन्धान गरि स्मार्ट सीटी निर्माणका लागि शहरी योजना आयोग गठन गर्ने नियमावली पारित गरी अघि बढेका छौं  

 वडा वडामा बालबालिकाको हकहित संरक्षणका लागि बाल क्लब, शिशु स्याहार केन्द्र स्थापना गर्ने कार्य सुरु गरिएको Ø

 काठमाडौँको विभिन्न सार्वजनिक जग्गा, चोक तथा अब्यवस्थितØ उद्यानहरुलाई ब्यवस्थित उद्यान बनाउने अभियान प्रारम्भ गर्यौ यस अन्तरगत वटा नयाँ उद्यान बनेका छन  भने अधिकांस उद्यानहरुमा मर्मत सुधार भई हरियाली प्रवद्धन गरिएको  

 परिवर्तित अधिकारलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउनØ काठमाडौं महानगरपालिकाको संगठन संरचना, कर्मचारी दरवन्दी संरचना कार्य्विवरण तयार गर्ने कार्यको थालनी भएको  

 जमिनमुनीको पानीको तहलाई बढाउने वर्षातको पानीको उपयोगलाईØ प्रवद्र्धन गर्ने उदेश्यका साथ बर्षादको पानी संकलन रिचार्ज प्रणालीको वडा तहबाट थालनी भएको  

 काठमाडौ महानगरपालिका क्षेत्रभित्रका ८४ स्थानमा ढल निर्माण,Ø १५०७ स्थानमा मंगाल मर्मत सफाई तथा स्तरउन्नति गरी बर्षादको ढल ब्यवस्थापनमा सुधार गरियो  

 काठमाडौँ महानगरपालिका क्षेत्रभित्र आफु मातहत रहेको आठ मिटरØ भन्दा साना सडकहरु करिब शतप्रतिशतमा आवश्यकता अनुसार कालोपत्रे गर्ने, मर्मत गर्ने, ग्राबेल गर्ने, ढलान गर्ने, ईटा तथा ईन्टरलक ब्लक बिछ्याउने, खाल्टा खुल्टी पुर्ने काम सम्पन्न गर्यौं जुन लामो समयदेखि हुन सकेको थिएन वडावडा तहबाट यसको नेतृत्व गर्ने गरी नगर कार्यपालिकाको निर्णयबाट अधिकार स्रोत साधन बिनियोजन गरी कार्यसम्पादन गर्यौ

 काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सडक पेटीमा यात्रुØ आवागमनलाई सहज व्यवस्थित गर्न फुटपाथ अतिक्रमण हटाउने कार्य कलंकी, बानेश्वर, मैतिदेवी, गौशाला लगायतका क्षेत्रबाट शुरु भइसकेको

 

पदवहालीपछि तराईका विभिन्न जिल्लाहरुमा बाढी, पहिरो, डुवानबाट प्रभावित ब्यक्क्तिहरुलाई उद्दार राहतको निम्ति प्रधानमंत्री दैविक प्रकोप उद्दार कोषमा ३९ लाख रुपैया सहयोग गरेको, सामाखुसीको नालामा परी घाइते भएकी सत्या सापकोटालाई लाख रुपैयाको बीमा तारकेश्वरमा बाढीमा परी दिवंगत विनिता फूँयालको परिवारजनलाई २५ हजार रुपैया सहयोग गरेको पनि उहाँले जानकारी दिनुभयो

सामाजिक आर्थिक हिसाबले पिछडिएको वर्ग, महिला, युवा, बेरोजगार, अपांगता भएका ब्यक्तिहरुको जीवनस्तरमा सुधार ल्याउनका लागि २९८ जनालाई विभिन्न प्रकारका सीपमूलक तालिमहरु दिइएको सुकुम्वासी बस्तिमा ९० दिनको साक्षरता कक्षा सञ्चालन गरेको कुरालाई पनि उहाँले सय दिनमा गरेका सकारात्मक काम भएको जानकारी दिनुभयो

फोहरमैला व्यवस्थापनमा देखिएको समस्या समधान गर्न उपप्रमुखको संयोजकत्वमा वार्ता तथा समस्या समाधान कार्यदल गठन गरी कार्य सुरु गरेको, भूकम्प प्रभावित लाभग्राही संख्या ७१७१ मध्ये ५५०० सँग सम्झौता भएको ५३३१ ले पहिलो किस्ता प्राप्त गरेको जस्ता कुरालाई पनि उहाँले सय दिनको उपलब्धी मान्नुभएको भवन निर्माण सम्वन्धी विद्यमान मापदण्ड परिमार्जन गरी गैह्रकानूनी निर्माणलाई नियन्त्रण गर्ने काम सुरु भैसकेको ,’ उहाँले भन्नुभयो, ‘वडा भवन तथा अन्य सामुदायिक भवनहरुको पुननिर्माण, मर्मत तथा जिर्णोद्धार गर्ने कार्यक्रम अन्तरगत १४ वटा भवन निर्माण, मर्मत तथा जिर्णोद्धार सम्पन्न भएको

ऐतिहासिक महत्वका मन्दिर, ढुंगेधारा, अन्यधारा, पोखरीको मर्मत सुधार गरी सौन्दर्य कायम गर्ने तथा चालु अवस्थामा राख्ने कार्यक्रम अन्तरगत ३३ वटा मन्दिर, ढुंगेधारा, पोखरीको मर्मत सम्भार सम्पन भएको, सार्वजनिक, पर्ति, नदी उकास जग्गा समेत माथिको अतिक्रमण हटाई सार्वजनिक रुपमा उपयोग गर्न वडा वडा तहबाट विवरण संकलन सुरु भएको केही सार्वजनिक जग्गा संरक्षण भइसकेको पनि उहाँले जानकारी दिनुभयो

पद बहालीको सय दिन पुगेको सन्दर्भमा निर्वाचनको समयमा प्रतिवद्धता जनाईएका १०१ कार्यहरुको कार्यान्वयनको अवस्था, वडा तथा केन्द्रबाट सम्पन्न भएका कार्य, चालु योजना, विशेष कार्यक्रम सहितको विस्तृत विवरण समाहित भएको जनप्रतिनिधिको सय दिनको कार्य प्रगति पुस्तिका सार्वजनिक गरिसकेको मेयर शाक्यले बताउनु भयो

 

 

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

नरेन्द्र रिमाल

स्टेसन प्रमुख र समाचार

Message Board
Public Poll

Loading...

Program Archives