Date Thursday, 2017 Nov 23
Studio Time 04:20:00 NST
News »
देश
पब्लिक टाइम्सको बार्षिक उत्सव सम्पन्न

 सिंहलिला ÷ फिदिम जेष्ठ २४
पाँचथरको फिदिमबाट प्रकाशन हुदै आएको पब्लिक टाइम्स साप्ताहिकको छैठौं बार्षिक उत्सव आज सम्पन्न भयो ।
कार्यक्रममा पत्रिकाले पाँच बर्ष पार गरेर छैठौ बर्ष प्रवेशको अवसरमा पाँचथरबाट पहिलो पटक सगरमाथा चढनुहुने सुशिल शेर्मालाई सम्मान गरिएकको थियो । कार्यक्रममा पत्रिकालाई नियमित बिज्ञापन दिने जिल्ला निर्वाचन कार्यालय, थर्पू क्याम्पस, तमोरभ्याल्ली गेष्ट हाउस, पूर्वाञ्चल फ्रेस हाउसलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बिष्णु प्रसाद साप्कोटाको प्रमुख आतित्थतामा सम्पन्न उक्त कार्यक्रममा संचार क्षेत्रको श्रीबृद्धिकालागि आफू लागि पर्ने बताउनु भएको छ । कार्यक्रममा बिशेष अतिथिको आसनबाट पत्रकार महासंका सचिव तुलसी क्षितिजले संचार क्षेत्रले राजनीतिक आन्दोलन सम्पन्न गर्नका लागि जसरी सहयोग गर्यो त्यसरी नै समृद्धीको आन्दोलनमा पनि लाग्नु पर्ने र संचार क्षेत्रका विकास र उन्नतीका लागि स्थानीय तहले भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा शुशिल शेर्मा मेची पोष्टका प्रकाशक लेखनाथ खतिवडा, समाजसेवी राधाकृष्ण न्यौपाने, थर्पू क्याम्पस प्रमुख दिया राई, पाँचथर उद्योगबाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोविन्द ढकाल, संचारीका समुहका अध्यक्ष शान्ति राई लगायतले आआफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम साप्ताहिकका प्रकाशक गणेश साम्पाङ राईको अध्यक्षता सागर खनालले स्वागत मन्तव्य र शन्देश सुब्बाले संचालन गर्नु भएको थियो ।
 

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

सुनिता खजुम

कार्यक्रम प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives