Date Tuesday, 2017 Sep 26
Studio Time 04:20:00 NST
News »
देश
वडाको माग बिद्युत पछि सडक नै प्राथमिकतामा


सिंहलिला ÷ फिदिम जेष्ठ २४
हिलिहाङ पालिका वडा नं. ३ को वडा सभा आज सम्पन्न भएको छ । सम्पन्न भेलाले बिद्युतलाई प्राथमिकताका साथमा कार्यक्रमको माग गरेको वडा अध्यक्ष मदनकुमार गौतमले बताउनु भएको छ ।
 कार्यक्रममा वडाको नीति तथा कार्यक्रम वडा अध्यक्ष मदनकुमार गौतमले प्रस्तुत गर्नु भएको थियो । वडा अध्यक्ष गौतमले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बिद्युतलाई प्राथमिकतामा राखिएको छ । स्थानिय विभिन्न टोलबाट आएका योजनाहरु यस बर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गर्नु भएको थियोे । हिलिहाङ वडा नं. ३ मा कावेली करिडोरले मा वितरणलाई छोडेकाले बिद्युतलाई प्राथमिकता दिने र दोश्रोमा सडक सञ्जाललाई जोडनलाई  प्राथमिकता दिएको छ । शिक्षा स्वास्थ तथा रोजगारी वडाको प्राथमिकतामा परेका छन् । गौतमले पेश गरेको नीति तथा कार्यक्रममा कृषिलाई बढी प्राथमिकता दिएको छ । कृषिक्षेत्रका लागि पकेट क्षेत्र निर्धारण गर्दै कृषि उद्योगका रुपमा विकास गर्ने लक्ष रहेको बताउनु भएको छ । वडा सभा हिलिहाङका अध्यक्ष भुवानी प्रसाद लिङदेनले सबैका मागलाई प्राथमिकताका साथ कार्यन्वयन गर्दै समृद्ध हिलिहाङ बनाउन सम्पुर्ण नागरिक तथा राजनीतिक दलको महत्व पुर्ण भुमीका रहने बताउनु भएको छ । कार्यक्रममा पालिकाका उपाध्यक्ष सुमित्रा उप्रेतीले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो ।  नेकपा (एमाले) सचिवालय सदस्य भवानी प्रसाद लिङ्देन, नेपाली काँग्रेसका क्षेत्रिय सभापति समरबहादुर अधिकारी,   नेकपा माओवादी प्रतिनिधिे लगायतका पार्टीका नेताहरुले शुभकामना दिनुभएको थियो हुनलागेको । कार्यक्रममा हिलिहाङ वडा नं. १ का वडा अध्यक्ष गोपी भण्डारी, वडा नं. २का अध्यक्ष भिम हेम्ब्या, वडा नं. ४ का वडा अध्यक्ष सिरी सिगुले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा हिलिहाङका कार्यकारी अधिकृत देवेन्द्र साप्कोटाले पनि मन्तव्य राख्नु भएको थियो । विभिन्न संघ सस्थाका प्रमुख प्रतिनिधि तथा सहभागीहरुले आ–आफ्नो सुझाव समेत दिनुभएको थियो ।

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives