Date Thursday, 2017 Nov 23
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
डुवेर मृत्यु भएका भनिएका किशोरको हत्या गरिएको भन्दै प्रहरीमा जाहेरी

सिंहलिला समाचार, पाँचथर/२१ भदौ

आइतवार इवा खोलामा डुवेर मृत्यु भएका किशोरको मृत्यु रहस्यमय भएको भन्दै उनका आफन्तले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएका छन् ।

काबेली ‘बी–वान’ जलविद्युत आयोजनामा मजदुरको रुपमा कार्यरत जिल्लाको कुम्मायक गाँउपालिका–४ रानीगाँउका १६ वर्षीय लक्ष्मी आङ्देम्बेको आइतवार डुवेर मृत्यु भएको थियो । उनी पौडी खेल्ने क्रममा आइतवार इवा खोलामा डुवेको वताइएको थियो । उनको शव मंगलबार इवा खोला र काबेली खोलाको किनारामा फेला परेको थियो ।

सँगै काम गर्ने अन्य मजदुरले आफूलाई कुटपीट गर्ने गरेको मृतकले आफन्तलाई बताउने गरेका थिए । जलविद्युत आयोजनाले घर फर्किन आफूले काम गरेवापतको पारिश्रमिक नदिएको गुनासो लक्ष्मीले गर्दै आएका थिए ।

मृतकका आफन्तले लक्ष्मीको मृत्यु रहस्यमय भएको र अन्य कामदारले उनलाई मारेर नदीमा फालेको दाबी सहित सत्य तथ्य खोजी गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयमा बुधवार जाहेरी दिएको प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए । मृतककी आमा कालिमायाले आफ्नो छोरालाई छिमेकी अन्य युवाले ललाई–फकाई काम गर्न लगेको र उनीहरुले निरन्तर कुटपीट गर्दै आएको वताइन् ।

पछिल्लो पटक झुण्डिएर तथा नदीमा डुवेर मृत्यु भएका केही घट्नाहरु आत्महत्या नभई हत्या गरिएको वताइदै आएको छ । तर, यस्ता घट्नाहरुमा प्रहरीले प¥याप्त अनुसन्धान नगरेको स्थानीयवासीको गुनासो रहेको छ । आङ्देम्बेको डुवेर मृत्यु भएको घट्नालाई धेरै शंकास्पद भएको वताउँदै आएका छन् ।

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives