Date Tuesday, 2017 Sep 26
Studio Time 04:20:00 NST
News »
देश
फिदिम माविको गाँजा प्रकरणः ‘हेड सरले कक्षा कोठामै धम्क्याए’ धम्क्याएको होइन सोधेको मात्र हो ः प्राधानाध्यापक


पाँचथर भदौ २१
केहि दिन अघि प्रकासकन भएको समाचार स्रोतलाई लिएर फिदिम माविका प्राधानाध्यापक दुर्गाराज खत्रीले कक्षा कोठामै विद्यार्थीहरुलाई धम्क्याएका छन् । केहिदिन अगाडि फिदिम माविका विद्यार्थीहरु गाँजा र गाँजा खाने वाटरगन सहित पक्राउपरेको समाचार विभिन्न संचार माद्यममा समाचार प्कासन प्रसारण भएपछि विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीले कक्षा कोठामै गएर कसले विद्यालयको बारेमा के–के भन्यो पत्रकारलाइ सूचना दियो भन्दै धम्क्याउन गरेको खुलासा भएको छ ।
सदरमुकामको सामुदायीक विद्यालय फिदिम माविका २ जना विद्यार्थीहरु गाँजा र गाँजा खाने वाटरगन सहित प्रहरीले पक्राउ गरेको थियो । सोही दिन विद्यालय समयमा समेत कक्षा शिक्षकले अन्य २ जना विद्यार्थीलाई विद्यालय छेउको बाँसघारीमा गाँजा खाइरहेको अवस्थामा भेटेपछि कक्षा कोठावाट लिकालेका थिए ।
उक्त समाचार प्रकाशन÷प्रसारण भएपछि विद्यालयका प्रधानाध्यापक खत्रीले कक्षा ९ र १० का विद्यार्थीहरुलाई “कस्ले सूचना दियो पत्रकार लेखनाथ सिकारु क–कस्ले चिन्छौं” भन्दै विद्यार्थीहरुलाई मानसिक यातना दिएको विद्यार्थीहरुले वताएका छन् ।
“हेड सरले हामीलाई अभिभावकिय भूमिका खेल्नु पर्नेमा उल्टै वद्मासि गर्नेहरुको पक्षमा लागे जस्तो गरेर हामीलाई धम्क्याए” एक विद्यार्थीले भने । प्रधानाध्यापक नै यसरी विद्यार्थी र शैक्षिक क्षेत्रको सुधारमा नलागेपछि विद्यालय अहिले त्यस्ता खालका अनुचित कृयाकलाप गर्ने विद्यार्थीहरुको वोलवाला हुन थालेको उनिहरुको गुनासो छ । कसैले केहि भन्दैन कक्षा कोठामा कोचिएर वस्नु पर्छ जस्ले जे गरेपनि हुने भो हाम्रो स्कुल उनिहरु भन्छन् ।
“तिमिहरुले यस्ता गतिविधिहरुको वारेमा हामीलाई अर्थात विद्यालय प्रशासनलाई सूचना नदिइ किन पत्रकारहरुलाइ दिएको कस्ले दिएको” भनेर सोधेको मात्र हो धम्क्याएको होइन खत्रीले भने । “विद्यालयमा भएका यस्ता गतिविधिहरु सार्वजनिक नहोस भन्ने मात्र हो म त विद्यालयको अभिभावक पनि त हो नि” खत्रीले थपे ।
भदौ १६ गते प्रकासन भएको समाचारमा स्रोतको नाम गोप्य राखिएको थियो ।

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives