Date Tuesday, 2017 Sep 26
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
कृषि पेशामा पनि सम्मान छ


तुलसी क्षितिज, पाँचथर

मलाई केही गरौंन भन्ने लाग्थ्यो के गर्ने दुविधामा थिए, कृषि पेशालाई मान्छेहरु पेशा सम्झिदैनन् तैपनि केही गर्नै पर्दछ जस्तो लाग्यो कृषि पेशालाई मानिसहरु हेला गर्दथे मैले त्यही पेशालाई व्यवसायिक बनाउने योजना आँट गरेर थोरै  पैसावाट शुरु भयो मेरो अलैचिको नर्सरी व्यवसाय नेपाल कृषि प्रदान देश हो कृषिमा व्यवसायिकता खोइ ? राज्यको नीति भएर पनि कार्यान्वयन भएको छैन हाम्रै गाउँमा सम्भावना रहेछ गरिखानेहरुका लागि आफ्नो अनुभुति सुनाउनु हुन्छ याङवरक साविक च्याङ्थापु का अलैची नर्सरी कृषक मनोज कुमार राई

 रामकुमार मनमाया राईको जेष्ठ सन्तानका रुपमा २०४३ साल माघ गते जन्मेका मनोजका दुइ भाइ दुई चेलीहरु छन् ग्रामिण क्षेत्रमा जन्मे कृषिनै हाम्रो साहारा थियो स्कुल पढ्ने खर्च देखि भैपरी आउने सबै त्यसै बाट चलाउनु पथ्र्यो कृषिमा ब्वसायिक बन्ने सोच पनि थिएन त्यतिवेला हाम्रो हाल बिष्णु माविमा आधारभुत तहको शिक्षक समेत रहनु भएका मनोज सकारी जागिर भन्दा कृषिबाट बढी फाइदा हुने देख्नु हुन्छ २०७० सालमा याङवरक साविक ओयाम निवासी कल्पना राईसँग बैवाहिक बन्धनमा बाँधिएका मनोजले २०७० साल देखि नै अलैचीको नर्सरी राख्न थालेको बताउनु भयो

उहाँको पहिलो नर्सरीको कथा पनि गज्बकै   उहाँले पहिलो पटक अलैचीको विऊ धेरै जग्गा थोरै भएछ विरुवा उम्रियो तर बढेन प्राविधिकको सल्ला विना नै गर्दा कसो नहोला जस्तो लागेको थियो कोदोको विउ जस्तो बाक्लो गरी उम्रिएको विरुवाहरु काम नै नलाग्ने भए आफैं जान्ने हुदा अलौचीको बिउ मात्र नास भयो काम थालियो प्राविधिक सिप विना नहुने रहेछ भन्ने लाग्यो अलैची नर्सरीको ब्यवसायमा पहिलो गाँसमै ढुङ्गा लाग्यो

०७२÷७३ मा जिल्ला कृषी बिकास कार्यलयको सहकार्यमा छागेझरना अलैची कृषक समुह गठन गरेर फेरी अलैचीको नर्सरी राखे हाम्रो समुहमा २५ जना अलैची सामान्य रुपमा रोपण गर्ने कृषकहरु छन् उनीहरुले प्राविधिक सहयोग पाए पनि उस्तै गरी संचालन गरे। मैले व्यसायिक रुपमा प्राविधिक सल्लाह बमोजिनै फेरी अर्को चरणको बेर्ना राख्नलाई विउहरुको इन्तजाम गरे यस पटक लगाएको अलैचीको विरुवा सोचे भन्दा राम्रो आयो जिल्ला कृषि विकास कार्यालयले सिंचाइका लागि पाइप, पहिलो चरणमा लगाउने सेतो नेट, दोश्रो चरणमा लगाउने हरियो नेट प्राविधिक सहयोग विसादिहरु सहयोग गरेको कृषि विकास कार्यालयले ययसरी सहयोग गर्ला भन्ने कहिल्यै लागेको थिएन्   चियाको पिउदै उनले खुसी व्यक्त गरे

ग्त साल मनोजले जिल्ला कृषि विकास कार्यालय संग सहकार्य गरेर २५÷३० हजार विरुवा वेचे यस बर्ष यस बर्ष उनको लाख विरुवा बेच्ने योजना जिल्ला कृषि विकास कार्यलयले नै ५० हजार विरुवा किन्दिने भए पछि उनको झन खुसीको सिमा नै रहेन अलैचीको विरुवा बेच्नका लागि कुनै समस्या छैन वजार प्रसस्तै उत्पादन चाहि गर्न सक्नु पर्यो लह लह विरुवा देखाउदै मनोजले भने मेरो शिक्षक जागिरबाट आउने तलव भन्दा यो विरुवा बेचेर बढी पैसा प्राप्त हुने रहेछ

चर रोपनी बाट नर्सरी राख्न थाल्नुभएको मनोजले गतसाल देखि १५ रोपनी क्षेत्रफलमा अलैचीको नर्सरी राख्नु भएको घर परिवारका अलावा आवस्यकता परेको वेला अरु मान्छेरु (श्रमिक) थप्ने गरेको बताउनु भयो मनोजको भविश्यमा ठुलो नर्सरी फाम बनाउने योजना नर्सरीका चुनौंतीहरु पनि छन् विरुवा किराले खाने, माटो तथा वातावरणको परिर्वतनले गर्दा पनि कृषि पेशामा चुनौंती थपिएको

जिवनमा सबै भन्दा खुशी लागेको मेरो नर्सरी हेर्न स्थानिय विकास अधिकारी गिरीराज ज्ञावली, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेत, कृषि विकास कार्यालयका प्रमुख कमलेस तिवारी लगायत जिल्लाका उच्च व्यक्तित्हरु आउनु भयो अहिले सम्ममा सबै भन्दा खुशी लागेको त्यो दिन हो हामी किसानका घरमा पनि ठुला मान्छेहरु आउदाँ रहेछन्

मैले १५ रोपनीमा मकै लगाउदा खान समेत पुग्दैन थियो काममा त्यतिकै समस्या हुन्थ्यो काम गर्ने समयमा मान्छे पाइन्दै थियो नर्सरीमा एकोहोरो काम हुने आम्दानी पनि दुए सय गुणा बढी हुने भएकाले पनि व्यवसायिक खेती गर्दा बिदेश जानु पर्दैन भन्ने मेरो अनुभवले बताउछ मनोजले आफ्नो अनुभव सुनाउनु भयो                                                                                                                                                                                                                                                                                     

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

सुनिता खजुम

कार्यक्रम प्रस्तोता

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives