Date Thursday, 2017 Nov 23
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
डम्बर बहादुरको परिवारलाई जापानबाट आर्थिक सहयोग

 २९,अगस्ट /पुरूषोत्तम लामिछाने, ओसाका यही अगस्ट ८ तारिक डिप्रेशन तथा हृदयघातका कारण जापानको कोबेमा निधन हुनु भएका गोर्खाका २६ वर्षिय नेपाली विद्यार्थी डम्बर बहादुर गुरुङको परिवारलाइ जापानमा रहेका बिभिन्न ब्यक्ती तथा संघ संस्थाहरुले संकलन गरेको ५ लाख ८८ हजार ४ सय तेह्र जापानि एन नगद सहयोग गरिएको छ ।

जापानमा रहेका संस्थाहरु चितवन समाज जापानले संकलन गरेको १ लाख २० हजार एन,गल्कोट समाज जापानले संकलन गरेको १ लाख १४ हजार २ सय एन,गैरे सेवा समाज जापानले संकलन गरेको ७७ हजार एन,एन आर एन ए जापान बाट प्राप्त ३० हजार एन ,एन आर एन कान्साइबाट प्राप्त ३० हजार एन,स्टार ग्रुप जापानले संकलन गरेको २६ हजार एन,जन संपर्क समिती जापानबाट प्राप्त २५ हजार ५ सय एन,बिहुकोट समाज कान्साइले संकलन गरेको २० हजार एन तथा अन्य ब्यक्ती तथा संघ संस्थाबाट प्राप्त ३ लाख २५ हजार ७ सय १३ एन गरी जम्मा संकलन भएको ७ लाख ६८ हजार ४ सय १३ एन मध्य मृतक गुरुङको अन्त्यस्टिको लागि लागेको खर्च १ लाख ८० हजार कटाएर बचत भएको रकम ५ लाख ८८ हजार ४ सय तेह्र जापानि एन, एन आर एन कान्साइ मार्फत परीवारको खातामा अगस्ट २८ तारिक नेपाल पठाइएको एन आर एन कान्साइका उपसंयोजक कृष्ण शर्मा गैरेले जानकारी दिनु भयो । गुरुङको अगस्ट ८ तारिक मंगलवार बिहान निधन भएको थियो । आफ्नै कोठामा सुतीरहेको अबस्तामा बिरामी परेका गुरुङलाई अस्पातल लगे लगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिय। उनको डिप्रेशन तथा हृदयघातका कारण निधन भएको आस्पतालको पोस्टमाटम रिपोर्ट बाट खुल्न आएको बताएकको छ । गुरुङको अन्तिम संस्कार अगस्ट ११ तारिक कोबेमा गरिएको थियो । यस दु:खद घडीमा सहयोग गर्नुहुने सन्पूर्ण ब्यक्ती तथा संस्था हरुलाई एन आर एन कान्साइका संयोजक भुमिराज दवाडी तथा एन आर एन कान्साइले

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

नरेन्द्र रिमाल

स्टेसन प्रमुख र समाचार

Message Board
Public Poll

Loading...

Program Archives