Date Thursday, 2017 Nov 23
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
बलात्कारी ठहर धर्मगुरू राम रहिमलाई १० वर्ष जेल

उत्तर भारतको एउटा अदालतले एकजना विवादित धर्मगुरु गुरमित राम रहीम सिंहलाई आफ्ना दुईजना महिला अनुयायीहरुलाई बलात्कार गरेको अभियोगमा दश वर्षको जेल सजाय सुनाएको छ।राम रहीम सिंहलाई बलात्कारको अभियोगमा गत हप्ता सोही अदालतले दोषी ठहर गरेको थियो।उनलाई त्यसरी दोषी ठहर गर्ने फैसला भए लगत्तै हरियाणा र पञ्जाव राज्यहरुमा ठूलो स्तरको दंगा मच्चिएको थियो जस्मा ३८ जनाको ज्यान गएको थियो।

फेरि नयां हिंसा शुरु नहोस् भनेर हजारौं दंगा प्रहरीहरु परिचालन गरिएको छ।ति गुरुको आश्रम डेरा सच्चा सौदा रहेको स्थान सिरसामा कर्फ्यू लगाइएको छ।भारतीय सेनाले उक्त आश्रमको विशाल परिसरमा रहेको करिब चार हजार अनुयायीहरुलाई त्यहाँबाट  अन्त्यत्र जान मनाएका छन् तर अझै पनि हजारौं मानिस त्यहाँ बसिरहेका छन्।

Featured Programs
Photo Gallery
RJ Profile

मनिसा प्याकुरेल

कार्यक्रम प्रस्तोता

दिपिका लिम्बु

कार्यक्रम प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives