Date Thursday, 2017 Nov 23
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
पाँचथरमा पहिलो पटक एक वर्षपछि बालीबीमाको रकम प्रदान


 पाँचथरमा पहिलोपल्ट कृषकले एक बर्षपछि बालीबीमाको क्षतिपूर्ति स्वरुप रकम पाएका छन् । गत वर्षको साउनमा बालीबीमा दाबी गरेका त्यहाँका कृषकले १ वर्षपछि मात्र भुक्तानी पाएका हुन् ।

कृषकले बालीबीमाको रकम भुक्तानी पाएनन् भन्ने समाचार विभिन्न संचारमाध्यममा प्रकाशन तथा प्रशारण भएपछि बीमा दिन कम्पनी बाध्य भएको जिल्ला कृषि विकास कार्यालय प्रमुख कमलेश तिवारीले बताउनुभयो ।अलैंचीको बीमा गराएका फिदिम नपा–३ का कृषक डम्बर श्रेष्ठको अलैंची गानो कुहिने तथा छिर्केफुर्के रोगले नष्ट भएपछि उहाँले कृषि कार्यालयमार्फत बीमाबापतको रकम माग गर्नुभएको थियो । यस्तै उहाँले १ लाख ४४ हजार रुपैयाँको बीमा गराएकोमा क्षतिको आधारमा १९ हजार ५ सय, कृषक शान्ति जवेगुले १७ हजार ५ सय, रुद्रप्रसाद न्यौपानेले ९ हजार रकम बालीबीमाबापत प्राप्त गरेका हुन् ।अन्य ३ जना कृषकको भने बालीबीमाको रकम अझै प्राप्त नभएको कार्यालयले जानकारी दिएको छ । सरकारले प्रवद्र्धन गरेको बालीबीमा कार्यक्रमबापत रकम भुक्तानीमा समस्या हुँदा अन्य कृषकलाई बालीबीमातर्फ आकर्षित गर्न कठिनाइ भएको कृषि कार्यालयले जानकारी दिएको छ । जिल्लाका १ सय ५० कृषकले बालीबीमा गराएका छन् ।

Featured Programs
Photo Gallery
RJ Profile

मनिसा प्याकुरेल

कार्यक्रम प्रस्तोता

दिपिका लिम्बु

कार्यक्रम प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives