Date Thursday, 2017 Nov 23
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
संसद्को आजको बैठकमा विनियोजन, विधेयकमाथि छलफल शुरु


पाँचथर २० असार। व्यवस्थापिका– संसद्को आजको बैठकमा विनियोजन, विधेयक, २०७४ अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथि छलफल सुरु भएको छ । सहरी विकास, गृह, श्रम तथा रोजगार, अर्थ, शिक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका शीर्षकमाथि समूहकृतरुपमा दलीय आधारमा छलफल सुरु भएको हो ।
छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सकलदेव सुतिहारले दलित समुदायका लागि जनता आवास कार्यक्रममा बजेट कम भएको भन्दै बजेट बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेकपा एमालेका सांसद गङ्गालाल तुलाधरले अन्तर्रा्ष्ट्रिय मापदण्डअनुसार कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन हुनुपर्नेमा हाल १० प्रतिशत व्यवस्था गरिएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले कुल बजेटको एक प्रतिशत वैज्ञानिक खोज अनुसन्धानका लागि तर्जुमा गर्न माग गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डेले विनियोजित बजेट समयमै नभई आर्थिक वर्षको अन्त्यमा एकैसाथ खर्च हुने परम्परामा सुधार आउनुपर्ने बताउनुभयो ।

Featured Programs
Photo Gallery
RJ Profile

नरेन्द्र रिमाल

स्टेसन प्रमुख र समाचार

मनिसा प्याकुरेल

कार्यक्रम प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives