Date Tuesday, 2017 Sep 26
Studio Time 04:20:00 NST
News »
मनोरञ्जन
हेर्नुस्, ८ वर्षीय बालकका डरलाग्दा निला आँखा

एजेन्सी । मानिसका आँखाको रंग फरक–फरक हुन्छ । कसैको कालो, कसैको खैरो हुन्छन् । निलो आँखा भएका मानिस कम हुन्छन् । यस्तै, इथापियाका एक आठ वर्षीय बालकका निला आँखा हुनुका साथै डरलाग्दा पनि छन् । यसका पछाडि एक कारण पनि छ:

अब्यूश नाम गरेका आठ वर्षीय बालक दक्षिण इथोपियाका हुन् । उनी आफ्नो हजुरआमासंग एक झोपडीमा बस्छन् । आर्थिक अभावका कारण उनी स्कुल पनि जान सकेका छैनन् ।

उनीसंग एक रातो रंगको एक भकुण्डो बाहेक केही छैन । केही समय पहिले उनको घर आगलागीमा परेर पूर्ण रुपमा नष्ट भएको थियो । उनीहरुसंग केही पनि बाँकी रहेन ।

उनी साथीहरुसंग खेल्न गएको बेला प्लाष्टिकका आँखा भएको मानिस भनेर जिस्क्याउने पनि गर्छन् । जबकि उनका आमा बुवा भने भगवानले बरदान दिएका आँखा भएको मान्थे । तर, उनको आँखा निलो हुनका कारण भने छुट्टै छ ।

बालकको आँखामा ‘वार्डेनबर्ग सिन्ड्रोम’ भएको थियो । जसका कारण उनको आँखाको रंग निलो हुन पुगेको थियो । तर, उनी सामान्य तरिकाले बाँचिरहेका छन् ।

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

मनिसा प्याकुरेल

कार्यक्रम प्रस्तोता

दिपिका लिम्बु

कार्यक्रम प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives