Date Tuesday, 2017 Sep 26
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
मुख्यमन्त्री चाम्लिङको गृहमन्त्री राजनाथलार्इ पत्र, दिए यस्तो चेतावानी

   

 

काठमाडौं  : भारतको दार्जीलिङमा अलग प्रान्तको माग राख्दै  चलिरहेको गोरखाल्याण्ड आन्दोलनमा सिक्किम राज्य सरकारले ऐक्यवद्धता जनाएको छ । सिक्किमको ग्यान्टोकमा बिहीबार सम्पन्न डेमोक्र्याटिक फ्रन्टको सम्मेलनमा उक्त समर्थन जनाएको इन्डियन एक्सप्रेस दैनिकले उल्लेख गरेको छ ।
सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले भारतमा प्रायः सबै राज्यहरु भाषाकै आधारमा बनेको भन्दै दार्जीलिङलाई छुट्टै राज्य बनाउन सबै प्रक्रिया पुग्ने बताएका छन् । चाम्लिङले भारतीय गृहमन्त्री राजनाथ सिंहलाई पत्र पठाउँदै दार्जीलिङ क्षेत्रमा हुने अस्थिरताको असर सिक्किममा पनि पर्ने भएकाले दार्जीलिङलाई छुट्टै राज्य बनाएर  समस्य समाधान गर्न आग्रह गरेका छन् ।  भारतको संविधान निर्माणका बेला गोरखाली सभासदले हस्ताक्षर गरेको स्मरण गर्दै भारतीय गोर्खाहरुको राष्ट्रभक्तिमाथि शंका नगर्न उनले चेतावनी दिए ।

उनले भारतको  गोरखालीहरुले अधिकारका लागि गरेको आन्दोलनमा पानी जसरी खून बगिरहेको भन्दै दार्जीलिङलाई भाषाका आधारमा अलग्गै राज्य बनाउनुपर्ने लबिङ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दार्जीलिङसँग तराईको डुबर्सलाई जोडेर छुट्टै राज्य बनाउन चाम्लिङले माग गरेका छन् ।
दार्जीलिङसँग सीमाना जोडिएको सिक्किममा नेपाली भाषीहरुको बाहुल्य छ । सिक्किमको सीमाना नेपाल, चीन र भूटानसमेत गरी तीन देशसँग जोडिएको छ । मुख्यमन्त्री चाम्लिङको समर्थनसँगै सिक्किमबासीहरुले दार्जीलिङको आन्दोलनलाई समर्थन गर्ने क्रम बढेको छ ।

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

नरेन्द्र रिमाल

स्टेसन प्रमुख र समाचार

सुनिता खजुम

कार्यक्रम प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives