Date Thursday, 2017 Nov 23
Studio Time 04:20:00 NST
News »
मनोरञ्जन
५३ सय वर्ष पुरानो हत्याको अनुसन्धान सुरु

 

इटली । उत्तरी इटलीको दुर्गम क्षेत्रमा ५ हजार ३ सय वर्ष अगाडि हत्या भएका एक व्यक्तिको विषयमा अनुसन्धान सुरु गरिएको छ ।

सो हत्याका विषयमा इटली पुलिसले अनुसन्धान सुरु गरेको छ । ओएट्जटैलर आल्प्स क्षेत्रमा ओएट्जी नामको हिममानव (आइसमैन) को पीठ्यूमा कसैले तीर हानेर मारको थियो । हिममानवको शव हिउमा लामो समयदेखि यथावत रहेको थियो । हिममानवलाई सबैभन्दा पुरानो र सबैभन्दा सुन्दर तरिकाले संरक्षित पुत्ला बनाएर संग्राहलयमा राखिएको छ ।

सन् १९९१ मा पहिलो पटक सो विषयको खोजी गरिएको थियो । वैज्ञानिकहरूले दस वर्षपछि ती हिममानवको काँधमा लागेको तीरको अगाडिको भाग पनि खोज्न थालेका थिए ।

हालै इटली पुलिसका सीनियर अनुसन्धान अधिकृतले हिममानवलाई कसरी मारिएको थियो सो कुरा बताएका छन् । साउथ टायरोल म्यूजियम अफ आर्कियोलोजीमा हिममानवको शरीर देख्न पाइन्छ ।

म्यूजियमका डायरेक्टर एंगेलिका फ्लेकिंगरले हिममानवको मृत्येबारे अनुसन्धान गर्न सरोकारवाला निकायसँग सहयोग माग गरेका छन् ।

म्यूनिख पुलिस डिपार्टमेन्टको डिटेक्टिव चीफ इंस्पेक्टर अलेक्जेंडर होर्नले हिममानवको हत्याका विषयमा अनुसन्धान गर्नेछ । अनुसन्धान उनले थालिसकेका छन् ।

पछिल्लो २५ वर्षमा हिममानव हत्या प्रकरणमा जुन विषयमा खोजविन भइरहेको छ त्यसले अलेक्जेन्डरलाई अनुसन्धानमा सहोग हुने जनाइएको छ ।

अलेक्जेन्डरले हिममानवलाई हत्या गरिएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको दाबी पनि गरेका छन् । अचानक भएको आक्रमणमा हिममानवले प्रतिकार गर्ने कुनै अवसर नपाएको उनले बताएका छन् । आक्रमणकारी १०० फुटको दुरीमा रहेको अनुमान गरिएको छ । – बीबीसी

Featured Programs
Photo Gallery
RJ Profile

दिपिका लिम्बु

कार्यक्रम प्रस्तोता

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives