Date Thursday, 2017 Nov 23
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
एकै दिन २ जनाको हत्या

पाँचथर ÷ जेष्ठ २७स् पाँचथरको फिदिम १२ भोटेगाँउका ४० बर्षीय मिङमा सेर्पाको छिमेकी युमा सेर्पाले हानेको ढुंगाले लागेर मृत्यू भएको छ ।
हिजो साँझ ८ बजे छिमेकीको घरमा जाँड खाँदै बसिरहेका बखत आपसी बिबाद हुँदा युमाले मिङमालाई ढुंगाले हानेको प्रहरीले जनाएको छ । टाउकोमा ढुंगाले लागेका मिङमालाई उपचारका लागिपाँचथर अस्पताल ल्याउने क्रममा  मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानाएको छ ।
घट्नापछि युमा फरार रहेकाले खोजीका लागि प्रहरी परिचालन गरिएको छ । शेर्पाको शव पोष्टमार्टमका लागि पाँचथर अस्पताल ल्याइएको छ । यसअघि फिदिम १ निवासी चन्द्रे भनिने विनय लिम्बूले स्थानीय ६५ वर्षका भिम लिम्बूको घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेका थिए ।बिनय नेम्बाङलाई प्रहरीे नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरेको प्रहरी स्रोतले जनाएको छ।

Featured Programs
Photo Gallery
RJ Profile

नरेन्द्र रिमाल

स्टेसन प्रमुख र समाचार

मनिसा प्याकुरेल

कार्यक्रम प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives