Date Thursday, 2017 Nov 23
Studio Time 04:20:00 NST
News »
खेलकुद
भारतसँगको मैत्रिपुर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटवल टोलीको घोषणा
भारतसँग हुने मैत्रीपूर्ण फुटबलकालागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । आगामी मंगलबार भारतमा हुने मैत्रीपूर्ण फुटबलकालागि विराज महर्जनको नेतृत्वमा २० सदस्यीय टोली अखिल नेपाल फुटबल संघ एन्फाले चयन गरेको हो । नेपाली टिमका प्रशिक्षक ग्यातुकी कोजीले नयाँ अनुहारका रुपमा विमल बस्नेत, र हेम्त थापा मगरलाई टोलीमा ल्याएका छन् ।
गोलकिपर किरण चेम्जोङ विकेश कुथु र विशाल श्रेष्ठले स्थान पक्का गरेका छन् । यस्तै डिफेन्समा विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ र जितेन्द्र कार्की अटाएका छन् ।
त्यस्तै मिडिफिल्डमा रोहित चन्द, विशाल राई, हेमन गूरुङ, अन्जन विष्ट, सुजल श्रेष्ठ र सुमन लामा रहेका छन् । चोटका कारण टोली बाहिर रहेका नवयुग श्रेष्ठले पुनरागमन गरेको अग्रपङ्तीमा विमल घर्तिमगर र भरत खवास पनि अटाएका छन् ।
Featured Programs
Photo Gallery
RJ Profile

नरेन्द्र रिमाल

स्टेसन प्रमुख र समाचार

दिपिका लिम्बु

कार्यक्रम प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives