Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
देश
उधेक हुन्छ पाँचथरमा, लौ हेर्नुस त ..

पाँचथर १५ असार
जिल्ला प्रहरी कार्यालय पाँचथरमा जेठ २२ गते फरक प्रकृतिको निबेदन पर्यो । बेलुका सम्म घाँसपानि दिईएका खसी बिहान छैनन । छानबिन गरिपाउँ भन्ने निबेदन परे पछि प्रहरी पनि अचम्ममा पर्यो ।

रानिटार १ का चन्द्रप्रसाद बाँस्कोटाले पालेका दुई खसी हराए । खसी हराएको स्थानमा खसी धनिलाई सम्बोधन गर्दै पत्र लेखिएको भेटियो । पत्रमा खसी नखोज्न भनिएको थियो । प्रहरीलाई खवर गरे ज्यान मार्ने धम्कि सहितको पत्र खोरमा छोडेर खसी चोरी गर्ने क्रम पाँचथरमा दोहोरिएको छ । बाँस्कोटाका अन्दाजी २२ किलो तौल भएका दुई खसी हराएका हुन ।

बाँस्कोटाको खसी हराएको दुई साता पछि सोही क्षेत्रमा पर्ने लुङरुपा गाबिसमा पनि सोही प्रकृतिको घटना भएको छ । लुङरुपा ६ का सागर फागोका घरमा पालिएका दुई खसी सोही प्रकृतिमा हराएका छन । ३ असारमा खसी हराएपछि फागोले ७ असारमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । उजुरीमा खसी राखिएको खोरमा पत्र छोडिएको उल्लेख छ । पत्रका साथ एक सय र ५ रुपैंयाका नोट समेत फेला परेका छन ।

फागोका १२ किलो तौल भएका दुई खसी हराएका हुन । साँझ घाँस दिएर घर फिरेका हौ । सागरकी दिदिले टेलिफोन सम्पर्कमा भनिन–यस अघि कहिलै यस्तो भएको थाहा छैन । खसी हराएपछि छरछिमेकमा समेत खोजिका लागि प्रयत्न गरिएको थियो । कतै पत्ता नलागे पछि प्रहरी गुहार्नु परेको फागो परिवारले जनाएको छ ।
प्रहरीमा पटक÷पटक पत्र छोड्दै खसी लैजानेका बिरुद्ध उजुरी आउन थाले पछि प्रहरीले अनुसन्धान प्रकृयालाई बढाएको छ । प्रहरी निरिक्षक बिजय श्रेष्ठले भने–खसी हराएको बिषय सामान्य रहेन । पटक पटक सोही क्रम दोहोरिएपछि पशु पालक कृषकलाई सजग रहन आग्रह समेत गरिएको छ । पत्र जस्तोसुकै भए पनि संका लागे प्रहरीमा खवर गर्न समेत सचेत गराईएको छ ।

पाँचथर प्रहरीले जारी राखेको अनुसन्धान अनुसार दुबै घटनामा एकै ब्यक्तीको संलग्नता छ । पटक पटक घटना दोहोरिन थाले पछि लुङरुपा–रानिटार क्षेत्रका खसी पालक कृषकमा त्रास छाएको छ । एक पटकलाई सामान्य मान्न सकिएला तर पटक पटक भए पछि यसको समाधान खोज्नु पर्यो । रानिटार क्षेत्रका एक कृषकले भने– घटना प्रतिनिधि मुलक भए पनि यसले भोली ठुलै अपराध गर्न सक्छन ।
यस अघि पनि लुङरुपा–रानिटार क्षेत्रमा घरपालुवा पशु हराउने गरेका थिए । तर चिठी लेखेरै हराएको भने पहिलो पटक हो । स्थानीयका अनुसार चोरी कार्यमा संलग्न बाहिरका होईनन । कस्कामा कस्ता खसी छन भन्ने जान्नेले नै घटना घटाएको उनीहरुको भनाई छ ।

 

सिंहलिला समाचार
6.45AM - 7.15AM
Coming Up Next
Restya Songs & Advritise
7.15AM - 8.00AM
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

SAROJ SHARMA

NEWS CHIEF

LAXMAN GAJUREL

NEWS PRESENTER

Message Board
Public Poll

Loading...

Program Archives