Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
देश
पाँच बर्षमा रोपिए दश हजार बिरुवा

पाँचथर, १५ असार

पुर्वी पहाडी जिल्लामा बन पैदावारका क्षेत्रमा क्रियाशिल ब्यवसायीहरुको संस्था पुर्वी पहाडी बन पैदावार ब्यवसायी संघले पाँच बर्ष भन्दा अघि देखी बन पैदावारका क्षेत्रमा काम गर्दै आएको छ । संघले गोलीयाको निकासी देखी सबै प्रकारका बन पैदावारको काम गर्ने ब्यवसायीलाई एउटै संस्थामा आवद्ध गरेको छ ।
सोही संस्थाको अगुवाईमा पाँचथरमा बार्षिक एक हजार बिरुवा रोपणको अभियानले पाँच  बर्ष पुरा गरेको छ । एक बर्षमा न्युनतम एक हजार बिरुवा रोप्ने हाम्रो अभियान हो । संघका अध्यक्ष भिम फागोले भने– अभियान थालिए यता कुनै बर्ष पनि एक हजार भन्दा कम बिरुवा रोपिएको छैन ।
संघले दक्षिणी पाँचथरको रबि देखी उत्तरी पाँचथरको गोपेटार सम्मको क्षेत्रमा बृक्षारोपण गरिसकेको छ । पाँच बर्ष अघि भएको बार्षिक साधारण सभा मार्फत बृक्षारोपणको प्रस्ताव गरिएको थियो ।

प्रस्ताव अनुसार बाताबरणलाई संरक्षणसंगै ब्यवसाय समेत जोगिने देखेर काम अघि बढाईएको हो । तात्कालिन अवस्थालाई सम्झदै अध्यक्ष फागोले भने–यती धेरै काम हुन्छ भन्ने सोचेकै थिएन ।
संघले सामाजिक क्षेत्रमा समेत उपस्थिति जनाउन बृक्षारोपण लगायतका कार्य गर्दै आएको छ । बिभिन्न ठाउँमा मोटरबाट बिस्तार गर्नेदेखी भौतिक संरचनाको बिकासका क्षेत्रमा समेत बन पैदावार ब्यवसायी संघले योगदान गरेको छ ।
यस बर्ष पनि बार्षिक कार्यक्रम अनुसार बृक्षारोपणको साप्ताहिक कार्यतालिका सार्वजानीक गरिएको छ । असार १८ देखी सुरु हुने साप्ताहीक कार्यक्रम असार २५ गते लब्रेकुटी क्षेत्रमा बृहद बृक्षारोपण कार्यक्रमको अयोजना गर्दै सम्पन्न गर्न लागिएको छ । सदा झै यस बर्ष पनि एक हजार भन्दा बढी बिरुवा रोप्ने तयारी रहेको संघले जानकारी दिएको छ ।
जिल्लामा फरक फरक हावा पानि भएको क्षेत्रमा बृक्षारोपण गरिने हुँदा बर्षेनी बिरुवा छनौटको कार्य जटील रहने संघ मातहत गठन भएको नरसरी ब्यवस्थापन समितिले जानकारी दिएको छ । प्रतिबर्ष कार्यक्रम गर्नका लागि एक लाख देखी एकलाख पचास हजार रुपैयाँ सम्म खर्च हुने गरेको छ । बिरुवा खरिददेखी कार्यक्रम आयोजना सम्मको सबै खर्च संघ स्वयमले ब्यहोर्ने गरेको छ ।
जिल्ला बन कार्यालयले गर्ने प्राबिधिक सहयोग बाहेक कार्यक्रमको सम्पुर्ण संयोजन संस्थाले गर्दै आएको छ । केही बिरुवा बन कार्यालयले दिने भए पनि अधिकांसको ब्यस्थापन गर्न समस्या छ । बार्षिक साधारण सभा मार्फत पारित भएको कार्यक्रम नगर्ने भन्ने बिषय रहेन तर प्रत्येक बर्ष कार्यक्रम टिकाईराख्न समस्या देखियो । संघका जिल्ला कार्य समिति सदस्य मदन गौतमले भने–कार्य चुनौतिपुर्ण रहे पनि सबैले प्रसंसा गर्ने हुँदा निरन्तर गर्दै आएका छौ । नेपाल सरकारले लिएको संरक्षण सम्बर्धन र सदुपयोगको नीतिलाई ब्यवसायीले पनि स्वीकार गरेको संघको दाबी छ ।
कहाँ कहाँ भए रोपण ?
संघका अनुसार गएको पाँच बर्षमा जिल्लाका पाँच स्थानमा बृक्षारोपणको कार्य सम्पन्न भएका छन । जिल्लाको रबि, पौवाभञ्ज्याङ, गोपेटार, जोरपोखरीमा यस अघि करिव १० हजार बिरुवा रोपिएको तथ्याङक संस्थासंग छ । ति क्षेत्रमा हावापानिको अध्ययन पछि प्राबिधिकले सिफारिस गरेका बिरुवा रोपण गरिएको हो ।
बृक्षारोपण गरिएका क्षेत्रमा संघको टोलीले अनुगमन समेत गर्ने गरेको छ ।

कार्यक्रमको थालनिका सन्दर्भमा हावापानिको अवस्था यकिन नहुँदा केही क्षेत्रमा बिरुवामा क्षति भएको पाईए पनि रोपएका ठाउँ मध्ये महभिर क्षेत्रमा रोपिएका बिरुवा उदाहरणीय बनेका छन । स्थानीय सामुदायिक बनसंगको सहकार्यमा रोपिएका बिरुवाबाट उपभोक्ताले लाभ लिन थालेको बताईएको छ ।
यस पटक भने संघले जिल्लाको लब्रेकुटी क्षेत्रलाई छनौट गरेको छ । त्यहाँ अमेरिकन सल्ला, गोब्रे सल्ला, चाँप लगायतका एक हजार बढी बिरुवा रोपण गरिने संघले जानकारी दिएको छ ।
चुनौती धेरै
बृक्षारोपण पछि त्यसको संरक्षणका लागि अपनाईने क्रियाकलाप संघका लागि चुनौतिको बिषय बन्दै गएको छ । यस अघि जिल्लाका कतिपय क्षेत्रमा रोपिएको केही समय पछि नै बिरुवा मरेका बिवरण आए पनि संघले फरक ढंगले त्यसको ब्यवस्थापनको तयारी गरेको छ । स्थानीयस तहमा रहेका सुरक्षा निकाय, राजनीतिक दल र संघ संस्था तथा मठ मन्दिर परिषरमा रोपिएको भए तिनका ब्यवस्थापकहरुसंको सहकार्यमा ब्यवस्थापनको तयारी थालिएको हो ।
बन बैदावार ब्यवसायी बन मास्नेहरुको समुह हो भन्ने मान्यतालाई तिर्न समेत बृक्षारोपण लगायतका सामाजिक कार्य गर्नु पर्ने चुनौती रहेको संस्थाका पदाधिकारीले स्वीकार गरेका छन ।
हामीलाई लाग्ने आरोप निराधार हो भन्ने प्रमाणित गर्नु पर्ने भएकाले पनि हामी फियर काममा छौ । अध्यक्ष फागोले भने–बिस्तारै त्यो सोचाईमा परिवर्तन हुँदैछ ।
 

सिंहलिला समाचार
6.45AM - 7.15AM
Coming Up Next
Restya Songs & Advritise
7.15AM - 8.00AM
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

BISHNU ADHIKARI

MARKETING

SAROJ SHARMA

NEWS CHIEF

Message Board
Public Poll

Loading...

Program Archives