Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
देश
गणेशमान सिंह शान्ति पार्क ‘समावेसी’ बन्ने

पाँचथर, १५ असार
पाँचथरको सदरमुकाम फिदिम नगर क्षेत्रमा निर्माणाधिन गणेशमान स्मृति शान्ति पार्क समाबेसी बनाउने अभियान सुरु भएको छ । एक बर्ष अघि फिदिम ५ जोरसाल बजार नजिक जग्गा ब्यवस्थापन गरी सुरु भएको पार्क निर्माणको कार्य धमाधम भईरहेको छ । पार्कको जग्गा तारबार गर्ने कार्य अन्तिम चरणमा पुगेको गणेशमान सिंह शान्ति प्रतिष्ठान पाँचथरका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।
पार्क दिर्घकालिन योजना अन्तरगत निर्माण हुन लागेको हो । उनले भने–अहिलेका लागि ९ सय मिटरको तारवार मध्ये ८ सय ६० मिटर पुरा भएको छ । ७७ रोपनि १५ आना जग्गामा फैलिएको पार्क निर्माणका लागि यस बर्ष मात्रै नेपाल सरकारको १९ लाख ४० हजार रुपैयाँ खर्च भईसकेको छ ।
पार्क निर्माणमा सबैको समान सहभागीता र अपनत्व बिकास गर्न यसलाई समाबेसी बनाउने हाम्रो तयारी हो । अध्यक्ष श्रेष्ठले भने–पार्कमा एमाले नेता मदन भण्डारी, किराँत धर्मगुरु फाल्गुनन्द लगायतका छुटाछुटै समुह र राजनीतिक आस्थाका प्रतिकहरुलाई एकै ठाउँमा ब्यवस्थापन गर्न लागिएको छ ।
गणेशमान सिंहलाई जसरी सर्वमान्य नेताका रुपमा सबैले स्वीकार गरेका छन । उनको नाममा निर्माण हुने पार्कलाई पनि सबैले आफनो भन्न सक्ने बनाउने निर्माण समितिको अभियान हो ।
पर्क निर्माणका लागि स्थानीय निकायबाट सहयोग हुन सकेको छैन । हालसम्म भएका सबै सहयोग सिधै मन्त्रालय मार्फत गरीएका छन । जिल्ला बिकास समिति लगायतका स्थानीय निकायमा पार्क निर्माणमा हुने सहयोगका बारेमा पहल जारी रहेको समितिले जनाएको छ । स्थानीय निकायबाट सहयोग हुन सके पार्क निर्माणले गति लिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
हाल तारबार बाहेक पार्क स्थल वरपर सिमामा बाटो निकाल्ने कार्य पुरा भएको छ । पार्कको अवलोकनमा सहजताका लागि बिचमा समेत बाटो खुल्ला गरिएको छ । पर्कको बिकासका लागि स्थानीय निकायको सहयोगसंगै पार्क निर्माणका लागि केन्द्रिय योजना अन्तरगत पार्न पहल भईरहेको छ । त्यसका लागि सम्बद्ध सबै निकायमा जानकारी गराउने कार्य निरन्तर जारी रहेको समितिले जानकरी दिएको छ ।
पार्क निर्माणले गति लिए संगै त्यस क्षेत्रमा आन्तरिक पर्यटकको आवागमन समेत बाक्लिएको छ । जसले स्थानीयको आम्दानीको स्रोतमा समेत बृद्धि भएको बताईएको छ । अहिले निर्माणको सुरुवाती चरणमै रहेकाले तत्काल ठुलै परिवर्तन नदेखिएको भए पनि योजना मुताबिक कार्य हुन सके भबिस्यमा पर्क नयाँ गन्तब्यका रुपामा बिकास गर्न सकिने स्थानीयले बताएका छन । पार्क निर्माण स्थल मध्यपहाडी लोकमार्ग अन्तरगत जोरसार–तमोर सडक खण्ड बिचमा पर्छ ।
केके छन योजना ?
पार्क निर्माणका लागि समितिले बहुबर्षे कार्ययोजना अघि सारेको छ । आगामी १० बर्ष भित्रमा पर्कलाई पुर्णता दिने लक्ष्यका साथ समितिले काम थालेको हो । अध्यक्ष श्रेष्ठका अनुसार पर्क निर्माणको पहिलो प्राथमिकतामा पिकनिक स्पोट, चिल्रेन पार्क, बोटानिकल गार्डेन, भ्युटावर र बिभिन्न राजनीतिक र धार्मिक आस्थाका प्रतिकहरुलाई समाबेस गरी शालिक निर्माण गरिने भएको छ ।
योजना अनुसार एमाले नेता मदन भण्डारीको सालिक समेत पार्कको आकर्षणका रुपमा राख्ने तयारी छ । पर्कको नाम अनुसार गणेशमान सिंहको पुर्णकदको शालिक निर्माण गर्ने योजना छ । त्यस बाहेक मदन भण्डारीको उपयुक्त स्थान छनौट गरी पार्क क्षेत्र भित्र शालिक राख्ने तयारी भईरहेको छ । त्यसका लागि एमाले स्रोतसंग छलफल चलिरहेको छ । योजना कसरी पुरा गर्ने भन्ने बिषयमा छलफल पछि मात्रै टुङगो लगाउने छौ । अध्यक्ष श्रेष्ठले भने–सबैको सहयोग हुनेमा हामी बिस्वस्त छौ ।
त्यस बाहेक किराँत धर्मगुरु महागुरु फाल्गुनन्दको शालिक समेत राख्ने समितिको तयारी छ । फाल्गुनन्द जिल्लाको मात्र नभएर देशकै गहना हुन । उनको सम्ममानका लागि पनि समितिले शालिक निर्माण गर्ने तयारी गरेको हो ।
पहिलो प्रश्तामा राजनीतिक दलका नेता र धार्मिक गुरुको प्रश्ताव आएको भए पनि त्यसमा थप गर्न सकिने अवस्था छ । निर्माणकै चरणमा रहेकाले त्यसलाई नै अन्त्य मान्न नसकिने समितिले जनाएको छ ।
कम्तिमा पनि १० बर्षे कार्य योजनाका लागि सरकारी तवरबाट समेत सहयोग आवस्यक भएकाले त्यसका लागि सर्वपक्षियक दवाव आवस्यक रहेको समितिको बुझाई हो । समितिले पार्कको दिर्घकालिन आम्दानीका लागि फलफुलको बृक्षारोपणको कार्य समेत अघि बढाएको छ ।
त्यसका लागि समिति भित्रका पदाधिकारी सहित जिल्ला कृषि बिकास कार्यालय, जिल्ला बन कार्यालय र भुसंरक्षण कार्यालयसंगको सहकार्य बिस्तार गर्ने बताईएको छ । बृक्षारोपणको कार्य सयै बर्षदेखी सुरु भएको छ । यसलाई निरन्तर गर्न लागिएको हो ।
 

सिंहलिला समाचार
6.45AM - 7.15AM
Coming Up Next
Restya Songs & Advritise
7.15AM - 8.00AM
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

YUBEN LIMBU

TECHNICIAN

AITAMAYA LAWATI

TECHNICIAN

Message Board
Public Poll

Loading...

Program Archives