Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
देश
बरिष्ठ पत्रकार टंक पन्तलाई नेपाल टेलिभिजनको सञ्चालक समितिको सदस्यमा नियुक्त

काठमाडौं, १६ चैत । बरिष्ठ पत्रकार टंक पन्तलाई सरकारले नेपाल टेलिभिजनको सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको छ ।

यसअघि पनि पत्रकार पन्त सञ्चालक समितिको सदस्य रहनुभएको थियो । उहाँले आफ्नो कार्यकालमा टेलिभिजनको सांगठनिक संरचना कस्तो हुनुपर्छ भनेर अध्ययन प्रतिबेदन तयार पार्नुभएको थियो ।

त्यतिबेला प्रभाबकारी र सफल भूमिका निर्बाह गरेकै कारण उहाँलाई पुनः ४ वर्षका लागि नियुक्त गरेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

०४८ साल देखि दैनिक समाजबाट पत्रकारिता प्रारम्भ गर्नुभएका पन्तले मातृभूमि साप्ताहिक र प्रजातन्त्र साप्ताहिकमा पनि आबद्ध भएर काम गर्नुभएको थियो ।

उहाँले ०५२ साल पुस २७ गतेबाट प्रकाशन प्रारम्भ भएको नेपाल समाचारपत्र दैनिकमा पनि सह–सम्पादक भइ लामो समय काम गर्नुभएको छ ।

सिंहलिला समाचार
6.45AM - 7.15AM
Coming Up Next
Restya Songs & Advritise
7.15AM - 8.00AM
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

CHHABI CHAPAGAIN

CHEIF TECHNICIAN

LAXMAN GAJUREL

NEWS PRESENTER

Message Board
Public Poll

Loading...

Program Archives