Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
साहित्य
हङकङमा सिनेकर्मी नवीन सुब्बा बिच्किएपछि‘। नेपालका सेलिब्रेटी हङकङ आउँछन् र गुमनाम हुन्छन्


२०७२ चैत १६ गते
 हाङयुग अज्ञात

एक दिन हङकङमा सिनेकर्मी नवीन सुब्बासँग बाटोमा अचानक भेट भयो । जेब्रा क्रसनेर रङ उडेको अनुहार लिएर चिनियाँको भीडमा जिल्ल परेर उभिरहेका थिए ऊनी ।

एकछिन त विश्वासै लागेन उनी ‘नुमाफुङ’का निर्देशक हुन् भनेर । ब्रुस्लीको दाजुजस्तो देख्छु घरि । अलि नजिक गएपछि पुष्टि गरें, उनी नवीन सुब्बा नै रहेछन् । मैले बोलाएँ( ‘अहो नवीन दाजु, हङकङ कहिले आउनु भो रु’ मलाई देखेर उनी खुसीले बुरुक्कै उफ्रिए । र, गफगाफ गर्न नजिकैको नेपाली रेस्टुरेन्टतिर लाग्यौं ।

पैसा, यौन र मोज नै हङकङलाई हेर्ने बाहिरी आँखा हुन् । हङकङको अर्थतन्त्र पर्यटनले धानेको छ । हङकङमा पर्यटकहरू रमाइलो गर्न आउँछन्, यहाँको भौतिक विकास हेरेर वाल्ल पर्छन् ।

हङकङ रातको समयमा पनि पैसा गुणा गर्दै जाग्राम बस्छ, खुलै हुन्छन् दोकानहरू । अनि यहाँको बजारमा हरेक थोक पाइन्छ, आमाबाहेक ।

कतिले भन्छन्, आमा पनि पाइन्छ तर डुब्लिकेट । हङकङ सपनाको सहर । हङकङको यो बोधो विम्बदेखि म अघाइसकेको छु । चीनको सेखी झार्न बेलायतले ठुल्ठूला योजना बनाएर हङकङलाई बेहुलीझैं सिँगार्‍यो । दोस्रो विश्वयुद्धपछि हङकङको अर्थतन्त्र डुबिसकेको थियो । प्लास्टिकका खेलौना बेचेर उक्सियो हङकङ ६० को दशकमा ।

सन् १९९७ पछि हङकङ फेरि चीनले बेलायतबाट फिर्ता लियो । तर, हङकङलाई झनझन जवानीले छुँदैछ । नयाँ(नयाँ गगनचुम्बी भवनहरू ठडिएका ठडियै छन्, पर्यटकहरू बढेका बढ्यै छन् । भौतिक विकासको यो कहालीलाग्दो व्यस्तता र भव्यतामा नेपालबाट आएका सेलिब्रेटीहरु हराउँछन् । सायद नवीन सुब्बा यहीँनेर हराएका थिए ।

हामीले चिया खाने भयौं । चिया अर्डर गरें । त्यतिञ्जेल ‘ट्वाइलेट’ गएर आउने भए नवीन । केहीबेरपछि उनी अर्कै रूपमा आए, ‘यार, तपाईंहरूको तरिका ठीक लागेन । कलालाई सम्मान गर्नुपर्छ, अपमान भो ।’

म अचम्मित भएँ । अघिसम्म ठीकै थिए उनी, अचानक किन बहुलाए रु मनमनै सोच्दै थिएँ, ‘डाइरेक्टर साप, मबाट केही भूल पो भो कि रु’

केहीबेरपछि उनी शान्त भए र बोले, ‘ट्वाइलेटको ढोकामा फिल्मको प्रिमियर सोको पोस्टर किन टाँसेको रु’ उनी बिच्किनुको कारण थाहा पाएर म डल्लो परेर हाँसें ।

हङकङ सरकारले फोहोर व्यवस्थापनको प्रभावकारी नीति अपनाएको छ । यहाँ नेपालमा जस्तो चलचित्रको पोस्टर छापेर सडकका भित्ताभित्ता टाँस्न मिल्दैन । हिजोआज त नेपालमा पनि यसो गर्नु पाइन्न होला ।

गाडीमा माइक लगाएर चलचित्रको प्रचार गर्न पनि हङकङको कानुनले दिँदैन । ध्वनि प्रदुषणमा पनि चनाखो छ, हङकङको कानुन । फिल्मका पोस्टरहरू डिजिटल हुन्छन् । ती सिनेमा हलमा ‘डिस्प्ले’ गरिएका हुन्छन् । चलचित्रको प्रचार सोसल मिडियामा गर्छन् ।

नेपालबाट प्रिमियर सोका लागि आएका चलचित्रको सूचनाका लागि आजभन्दा १० वर्षअगाडि नेपाली रेस्टुरेन्टहरूको ‘ट्वाइलेट’को भित्ता र ढोका एकदमै प्रभावकारी थियो । नवीन सुब्बा त्यो देखेर बिच्किएका रहेछन् । सिनेकर्मी भएको भए म नि बिच्किन्थें ।

एक दिन एउटा नेपाली किताब फोहोरको ढ्वाङमा मिल्क्याएको भेटें । आफूलाई थाम्नै सकिनँ र टिपें । चिनियाँले सोचे होलान्, यो नेपोयी ९नेपाली० बहुलायो ।

बल्ल अहिले आएर नेपाली संघ(संस्था ९हिन्स० ले पुस्तकालय खोल्दै छन् । पढिसकेका किताबको व्यवस्थापन त्यहाँ हुँदैछ । यो एक दशकमा हङकङको नेपाली समुदायमा कला, साहित्य र संस्कृतिप्रतिको जिम्मेवारीबोध बढिरहेको छ ।

हप्तैपिच्छे नेपालबाट सेलिब्रेटीहरू आइरहेका छन् । हिजोआज नेपालीका पसल र रेस्टुरेन्टमा सूचना(भित्तो राखिएका छन्, जहाँ कार्यक्रमका पोस्टरहरू टालिन्छन् ।

तर, कार्यक्रमहरूको प्रचार नेटबाट गर्दा अझै सजिलो हुन्थ्यो भन्ने लाग्छ । त्यसकारण पोस्टर छापेर अनि पोस्टरसित फोटो सेसन गरेर के फाइदा रु

हङकङ नेपाली कला र साहित्यको राम्रो बजार हो । यो बजारलाई व्यवस्थित गर्ने कर्तव्य पनि हाम्रै हो । यो बजारमा आइसकेपछि नेपाली कलाकार र स्रष्टाहरू नवीन सुब्बाजस्तै नबिच्किउन् । नेपालकै जस्तो सबै तारतम्य नमिल्न सक्छ भन्ने कुरो पनि थाहा पाऊन् ।

    नेपालका सेलिब्रेटीहरू हङकङ आउँछन् र गुमनाम हुन्छन् । यो भीडमा चिनियाँको च्याप्टो अनुहारले चिन्दैन, हेर्दैन । बाल मतलव गर्दैन

हङकङ सपनाको सहर होइन, यो अप्ठेरो सहर हो । आफू तीन सय डलरको नोकिया फोन बोकेर काठमाडौंलाई ६ हजार डलरको आइफोन उपहार चढाउने सहर हो, हङकङ ।

कतिको टिप्पणी छ, ‘हङकङमा मूर्गाहरू छन्, सुनको डिम्बा पार्ने ।’ त्यो पाटो अर्कै छ । कुनै बेला चर्चा गरौंला । नेपालका सेलिब्रेटीहरू हङकङ आउँछन् र गुमनाम हुन्छन् । यो भीडमा चिनियाँको च्याप्टो अनुहारले चिन्दैन, हेर्दैन । बाल मतलव गर्दैन ।

अनि सेलिब्रेटीहरूको व्यक्तित्व खरानीको पहाडजस्तो भत्किन थाल्छ । यो ‘आइडेन्टिटी क्राइसिस’बाट गुज्रिएकालाई मैले धेरै सम्झाएँ, बुझाएँ, थुम्थुम्याएँ ।

यी सबै कुरा पचाउने एकै छन् गायक राजेशपायल राई । २३ चोटि भइसक्यो उनी हङकङ आउँदै(जाँदै गरेको । तर, पोहोर साल त एअरपोर्टमा इमिग्रेसनले २४ घन्टा थुनेछ । चिनेन छ नि त चिनियाँले ।

मेरो एउटा बानी छ, जोक गर्ने र हाँस्ने । नेपालदेखिकै बानी हो यो । एक दिन हङकङमा काम गरिरहेको पुरानो चिनजानको भाइसँग हाँसेर बोलेको थिएँ, उनी त रिसाए, ‘अहिले हाँस्नुस् न, पछि काम गर्न थालेपछि थाहा हुन्छ ।’ सहरको व्यस्तताको कारण मान्छेहरूले हाँस्न पनि बिर्सिंदै छन् । यहाँ दिल खोलेर हाँस्ने भनेका फिलिपिन्सबाट आएका ‘डोमेस्टिक हेल्पर’ हुन् । अरु त हाँस्दाखेरि गोजीको पैसा उड्छ जस्तो गर्छन् ।

चिनियाँमा उखान छ ‘मौ छिना मौ कोङ ९पैसा छैन, बोली छैन० । चिनियाँमा मात्रै होइन, नेपालीमा पनि यो हाँसो हराउँदै गएको छ । हङकङ आएका बेला कवि श्रवण मुकारुङले बाटोमा हिँड्दै गर्दा भने, ‘यहाँका चाइनिजहरू के सारो उदास हाङयुगजी रु’

साँच्चै आजसम्म मैले पनि चिनियाँलाई दिल खोलेर हाँसेको देखेको छैन । के उनीहरूलाई यो सहरले थिचेको छ रु यहाँको यान्त्रिक जीवनमा फसेका रोबोटजस्तै छन् बिचराहरू ।

पहिलोचोटि हङकङ आउने नेपाली सेलिब्रेटीलाई यो सहरको आवाजले नै अत्याउँछ । मंगलग्रहमा उड्न लागेको रकेटको इन्जिन जस्तो आवाज निकाल्छ यो सहर ।

कवि बैरागी काइँला आएकै भोलिपल्ट बिरामी भए । सास थुनिएछ उनको । क्लिनिक लगियो । मैले यहाँ आउनेहरू जो(कोही ‘होमसिक’ हुने आत्तिन नहुने बताएँ ।

यस्तै ‘आइडेन्टी क्राइसिस’ र ‘होमसिक’का सिकार भए कवि श्रवण मुकारुङ पनि । हङकङ आएको पर्सिपल्ट उनीसँग भेट भो मेरो । मलाई भेट्नेबित्तिकै लिँडेढिपी गर्न थाले, ‘मलाई एअरपोर्टसम्म पुर्याइदिनुस् हाङयुगजी, म फर्किन्छु नेपाल ।’

    बाहिरबाट देखिने हङकङ, भित्र त्यस्तो छैन । चिप्लेकिरा जस्तो हिँड्छ काठमाडौं, हङकङ त अत्तालिएको सर्पजस्तो हिँड्छ । त्यसैले पनि हङकङ आउनेबित्तिकै फर्कौं–र्कौं लाग्दो हो सेलिब्रेटीहरूलाई ।

राजन मुकारुङले त आएकै दिन र्फकन्छु भनेर जिद्दी कसे । उनलाई फकाउँदा फकाउँदा बिहान भएको पत्तै भएन । हङकङ सहरै त्यस्तो छ कि पहिलोचोटि आउनेहरू अत्तालिन्छन् । यहाँको भौतिक निर्माण र सामाजिक व्यवस्थाको जटिलताले मान्छेहरूको सातो जान्छ ।

बाहिरबाट देखिने हङकङ, भित्र त्यस्तो छैन । चिप्लेकिरा जस्तो हिँड्छ काठमाडौं, हङकङ त अत्तालिएको सर्पजस्तो हिँड्छ । त्यसैले पनि हङकङ आउनेबित्तिकै फर्कौं(फर्कौं लाग्दो हो सेलिब्रेटीहरूलाई ।

नवीन सुब्बाजस्तै एक दिन नेता गोपाल किराती पनि हङकङ आइपुगे । उनी पनि जोडले बिच्किए । कार्यक्रममा भाषण नै ठोके उनले, ‘तपाईंहरूले मलाई दुई दिनदेखि भोकै राख्नुभयो । मसित यही १० रुपैयाँ थियो, ९गोजीबाट निकालेर देखाउँदै० यो चल्ने भए आफैँ किनेर खान्थें । तर, यत्रो ठूलो सहरमा कहाँ किन्न पाइन्छ खाने कुरा रु त्यो पनि त थाहा हुनुर्पयो नि । के मलाई भोकै मार्न खोज्नुभा’ तपाईंहरूले रु’

यताउता गर्दागर्दै साथीहरूले खाना नै खुवाउन बिर्सेछन् नेताज्युलाई । यहाँ हुने कार्यक्रममा व्यवस्थापन मिलाउन गाह्रो छ । कमजोर व्यवस्थापनको सिकार हुने गरेका छन् प्रायः सेलिब्रेटीहरू । हङकङको वातावरणसँग घुलमिल हुन नसक्दा पनि धेरैले दुःख पाएका छन् ।

नवीन सुब्बाले भने, ‘मलाई हङकङका नेपालीबारे डकुमेन्ट्री बनाउने अफर आएको छ । तर, त्यो डकुमेन्ट्री हेर्न सक्नुहुन्छ के रु’ मैले भनें, ‘कसरी बनाउनुहुन्छ रु त्यसमा भर पर्छ । हङकङका नेपालीले झूर काम गर्छन् भनेर कामलाई ठूलो वा सानो देखाउनुभयो भने हेर्दिनँ तपाईंको डकुमेन्ट्री ।’

हङकङका चिल्ला र सफा सडक हाम्रा काकीहरूले धोइपखाली गरेका हुन् । त्यो टापु र यो टापु जोड्ने लामो पुल हामीले बनाएका हौं । अहिले हङकङ र मकाऊ जोड्ने पुल बनाउँदैछौं । बेइजिङ र हङकङ जोड्ने बुलेट रेलको लिक बनाइसक्नै लाग्यौं ।

हङकङमा जमिनमुनि कुद्ने रेलको सुरुङ हामीले खनेका हौं । ती अग्ला बिजनेस टावर हामीले उठाएका हौं । हामी जाग्छौं र यो सहर निदाउँछ आनन्दले । हङकङको समग्र विकासमा नेपालीको योगदान अमूल्य छ । के डकुमेन्ट्री यसरी बनाउन सकिन्न रु’

हङकङ घर होइन, होटेल हो । हङकङ सहर होइन, सपिङ मल हो । यो टुरिस्टको बुझाइ हो, जो दुई हप्ता हङकङ बसेर फर्किन्छन् । दस वर्ष भइसक्यो, घाम कहाँबाट झुल्किन्छ हङकङमा रु खोजेको खोज्यै छु ।

नेपालबाट सेलिब्रेटीहरू आउँछन् अनि बिच्केर जान्छन् । उदेकलाग्दो छ हङकङ । यो सहरको छेउकुना नै छैन । इनपुट र आउटपुट नै छैन । सारा उमेर लगानी हुन्छ र हामी साउथ एसियनहरू डुङडुङती मसला गनाउँछौं चाइनिजको नाकमा ।

नवीन सुब्बा बिच्किएपछि लाग्यो, डाइरेक्टर सा’बलाई यो सहरले गिज्याएछ । यहाँको फुटपाथमा उम्लिरहेको गोरुको अमिलो आन्द्राभुँडीले उनको मस्तिष्कलाई झट्का दिएछ । उहिले नै सिनेमा बनिसक्नुपर्ने हो, तर हङकङका लगानीकर्ता टाप कसेछन् । अहिले त सजिलो छ फेरि । कति चाँडै ‘कबड्डी कबड्डी’ को पाइरेटेड भीसीडी पनि हङकङको पसल–पसलमा आइसकेछ । म आफैँ हतप्रभ छु । अनलाइन खबरमा प्रकाशित छ।
 

सिंहलिला समाचार
6.45AM - 7.15AM
Coming Up Next
Restya Songs & Advritise
7.15AM - 8.00AM
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

YUBEN LIMBU

TECHNICIAN

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives