Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
आगलागीमा एक बालक जलेर मृत्यु

तेह्रथुम १३ चैत्र,
तेह्रथुमको लालीगुराँस नगरपालिका–१०, सोल्माका यमबहादुर मगरको गोठमा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ । शनिबार दिउँसो करिब साढे दुई बजे गाई बाँधेको गोठमा अचानक लागेको आगोमा जलेर स्थानीय गोपाल मगरका अन्दाजी तीन वर्षीय छोरा सुसन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । आगलागीमा परी स्थानीय पुष्पकुमार श्रेष्ठका छोरा करिब ३ बर्षीय मौषम श्रेष्ठ र खिरमान मगरका ७ वर्षीय छोरा चिरायु मगर घाइते भएका छन् । शरीरको एक पाटो पुरै जलेका मौषमलाई भने उपचारकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरी प्रमुख डिएसपी भाग्येन्द्र पुरुष ढकालले बताउनुभयो । सामान्य घाइते बनेको चिरायुको भने गाउँमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बच्चाहरु गाई बस्तु बाँधेको गोठको टाँणमाथि खेल्दै गरेको र अचानक आगो लागेपछि टाँण मुनिका गाई बस्तु पन्छाएपनि माथि बच्चाहरु भएकोबारे कसैलाई थाहा नभएपछि बच्चाहरु आगोले पिल्सिएको स्थानीय तुलसीराम खनालले बताउनुभयो । आगलागीमा परेर मृत्यु भएका बालक सुसनको शरीर भने पुर्ण रुपमा जलेर क्षतविक्षत् भएको प्रहरीले जनाएको छ । गोठ लागेको आगो भने स्थानीयले करिब साढे तीन बजे नियन्त्रणमा लिएका थिए । गोठ आसपासमा घर भएकाले आगो नियन्त्रणमा नआएको भए ठुला धनजनको क्षति हुनसक्ने थप सम्भावना समेत थियो, स्थानीय खनालले भन्नुभयो । आगलागीबाट पुगेको क्षतिबारे अरु थप विवरण आउन बाँकी रहेको प्रहरी प्रमुख ढकालले बताउनुभयो ।
सुख्खा मौषमसँगै जिल्लामा आगलागीका घटना बढेका छन् । जिल्ला ओख्रेमा शुक्रबार दिउँसो बनमा लागेको आगो गाउँमा पस्दा एक जलेर नष्ट भएको थियो ।

सिंहलिला समाचार
6.45AM - 7.15AM
Coming Up Next
Restya Songs & Advritise
7.15AM - 8.00AM
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

Sarala Regmi

Progarm Presenter

ANUP RAI

Progarm Presenter

Message Board
Public Poll

Loading...

Program Archives