Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
देश
प्रमुख जिल्ला अधिकारीले काबेली करीडोरको अनुगमन

पाँचथर १३ चैत्र, काबेली करिडोरको सब स्टेशन सम्मको निर्माणाधिन टास्मिसनलाईनकोे प्रमुख जिल्ला अधिकारी पुषोतम घिमिरे नेतृत्वको टोलीले आज फिदिम सवस्टेशन देखि काबेली सम्मको अनुगमन गरेको छ ।
स्थानियहरु स्तरमा रहेका केही प्राविधिक समस्याहरु समेत स्थानियहरुले प्रमुख जिल्ला अधिकारी घिमिरे सुल्झाइ दिन माग गरेका थिए । अनुगमनका क्रममा अमरपुर गाविसमा निमाण हुने ६८ नम्बरको टावर निमार्णका क्रममा प्रावधिक कारणले जग्गा छुटेको त्यसलाई समेत चाडै मुवाब्जाका लागि सिफारीस गर्ने र बिकास निर्माणलाई कसैले रोक्नु नहुने र सबैकुराबसेर समधान गर्नु पर्ने बताउनु भएको छ । जिल्ला घर जग्गा मुवाब्जा समितिका संयोजक समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी घिमिरेले टावरहरु निमार्ण हुने स्थालको मुवाब्जा जिल्ला प्रशासन कार्यालय मार्फत वितरण हुने भएकले कसैलाई पनि बिभेद नहुने बताउनु भएको छ ।
उक्त टान्समिसन लाइनको निर्माण तिन ठाउँबाट भइरहेका जानकारी निर्माण कम्पनीका इन्जिनयर कुबेर नेपालले बताउनु भएको छ । धेरैवटा पोलहरु सामुदायिक बन क्षेत्रमा परेकाले तिनको प्रकृया अगाडी बढाइएको जानकरी दिनु भयो । सबै सहज भए अबको ६ महिना भित्रमा काम सम्पन्न गर्ने नेपालले बताउनु भयो ।  प्रजिअ घिमिरे नेतृत्वको अनुगमन टोलीले अमरपुर सल्लेरी सादुदायिक बनका पधाधिकारी सहित स्थानीय सरोकारवालाहरु सँग समेत छलफल गरेको थियो ।
अनुगमनमा पाँचथर प्रहरी प्रमुख कृष्ण प्रसाद कोइराला, जिल्ला प्रशासनका सुरेन्द्र दहाल लगायतको उपस्थिति थियो । 
उत्ता मध्यपहाडी लोकमार्गको गणेश चौक थर्पू खण्डको समेत प्रजिअ घिमिरेले अनुगमन गर्नु भएको छ ।


 

सिंहलिला समाचार
6.45AM - 7.15AM
Coming Up Next
Restya Songs & Advritise
7.15AM - 8.00AM
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

NARENDRA RIMAL

NEWS PRESENTER

YUBEN LIMBU

TECHNICIAN

Message Board
Public Poll

Loading...

Program Archives