Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
राजनीति
चिन भ्रमणमा रहेका प्रधान मन्त्री ओली चिनिया उच्च अधिकारी सँग भेटघटमा ब्यस्त


काठमान्डौं १२ चैत्र,
चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ उच्च अधिकारीहरुबीच आज भेटवार्ता भएकाmे छ । प्रधानमन्त्री ओलीसित चाइना पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका उपाध्यक्ष झेङ सिआओपिन, महासचिव झाओ जेनयोङ र सियानका उपगभर्नर यु यिन लिङलगायतका नेताले भेटवार्ता गर्नुभएको हो । सान्सी प्रान्तको सियानस्थित होटल साङ्ग्रिलामा आज भएको भेटवार्तामा उहाँहरुबीच दुई देशको आपसी सम्बन्ध र हितका साथै नेपालमा भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयमा छलफल भयो ।

सो अवसरमा प्रधानमन्त्रीले नेपालमा हुन लागेको अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन सियानका नेताहरुलाई निमन्त्रणा गर्नुभयो । चिनियाँ नेताले भूकम्पपछि नेपाललाई सान्सी प्रान्तले गरेको सहयोगका बारेमा जानकारी गराउनुभयो ।

प्रधानमन्त्रीले आजै सियानमा ऐतिहासिक तेरा कोट्टा सैनिक सङ्ग्रहालयको अवलोकन भ्रमण गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । यसैगरी प्रधानमन्त्रीले आज सियानमा उद्योगी व्यवसायीको फोरमलाई सम्बोधन गर्नुहुने र सियान मेडिकल युनिभर्सिटीको भ्रमण गर्नुहुने कार्यक्रम छ ।

प्रेस सल्लाहकार दाहालका अनुसार प्रधानमन्त्री आज साँझ सियानबाट छेन्दु प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।

Featured Programs
Photo Gallery
RJ Profile

Sarala Regmi

Progarm Presenter

ANUP RAI

Progarm Presenter

Message Board
Public Poll

Loading...

Program Archives