Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
नयाँ शहरको बारे जानकारी

नयाँ शहर आयोजना फिदिमले गरेका कार्यसम्पादनबारे संचारकर्मिलाइ जानकारी गराएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०६७ र ६८ मा मध्यपहाडी लोकमार्ग अन्तरगत १० वटा शहरलाई आधुनिक शहरमा विकाश तथा निर्माण गर्ने कार्य बमोजिम २०६७ सालदेखि हालसम्मका कार्यहरुको सार्वजनिक गरेको हो । नयाँ शहर आयोजनाको फिदिम स्थीत आफ्नै कार्यलयमा भएको पत्रकार भेटघाटमा । २०९० सम्ममा प्रत्येक शहरमा १ लाख जनसंङ्ख्या पुर्याउने लक्ष्यअनुसार पूर्वाधार निर्माणमा लागेको जानकारी आयोजना प्रमुख ललित प्रसाद नेपालले जानकारी गराउनु भएको छ । जसअनुरुप प्रत्येक शहरको बसाइ व्यवस्थापनलाइ व्यवस्थीत र पूवाधार सम्पन्न शहरका रुपमा विकाश गर्ने जानकारी गराइएको छ । ंकृषि , पर्यटन र भौतिक पूर्वाधार ः समुन्नत फिदिमको मूल आधार , भन्ने सोच अनुुसार नै अध्ययन प्रतिवेदन समेत तयार भइरहेको बताइएको छ । नयाँ शहर निर्माणका लागि फोहोर व्यवस्थापन प्रमुख भएका कारण फोहोर व्यवस्थापनका लागि ५२ रोपनी ११ आना १ पैसा २ दाम तथा शहरी कार्यालयको प्रयोजनका लागि ६ रोपनी १२ आना जग्गा खरिद भइसकेको समेत जानकारी गराइको छ । आयोजना निर्माणको प्राथमिकतामा रहेको फिदिम बजार क्षेत्रको ढल तथा नाली निर्माण , बस पार्क निर्माण तथा सुधार , एकिकृत सरकारी भवनको अवधारणा अनुसार नयाँ शहर आयोजनाको भवन निर्माण लगायतका काममा बोलपत्रको आवहान गरिसकिएको छ भने ति बोल पत्रहरुको मुल्याँकन गरी चाडै काम अघि बढ्ने समेत आयोजना प्रमुख नेपालले जानकारि दिनु भएको छ ।

Featured Programs
Photo Gallery
RJ Profile

YUBEN LIMBU

TECHNICIAN

SAROJ SHARMA

NEWS CHIEF

Message Board
Public Poll

Loading...

Program Archives