Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
४५ लाख बढी जरिवाना असुल हुन

तेह्रथुम ११ चैत्र, तेह्रथुम जिल्ला अदालतमा दुई दशक भन्दा अघिदेखिकोे कैद र जरिवाना असुल हुन अझै बाँकी रहेको छ । मुद्धा फैसला भइसकेपछि कार्यान्वयनमा उल्लेख्य चासो नदिइँदा यतिका लामो समय देखिको लाखौँ रुपैयाँ जरिवाना असुल हुन नसकेको हो ।
वि.स. २०४० सालदेखि यताको गरि जम्मा ४५ लाख ३५ हजार ९ सय ४१ रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको जिल्ला अदालतका निमित्त श्रेष्तेदार गोपाल खनालले जानकारी दिनुभयो । यस्तै अदालतले वि.स. २०४० साल देखि यता फैसला गरेका मध्येबाट ३ सय ४५ बर्ष ४ महिना १६ दिन कैद सजाय भुक्तानी हुन बाँकी रहेको उहाँले बताउनुभयो ।
सरकारी तवरबाटै दोषी अपराधीको खोजी गरी कारवाहीको दायरामा ल्याउने प्रयास नगरिँदा अदालतमा यत्तिका लामो समयबाट कैद र जरिवाना असुल हुन बाँकी रहेको अदालतका तहबिलदार इन्द्र न्यौपानेले बताउनुभयो । सरकारले तराईका जिल्लामा फरार अपराधीहरुको खोज गरेर कारवाहीको दायरामा ल्याउन छुट्टै कार्ययोजना बनाएर लागु गरेपनि पहाडी जिल्लामा त्यो योजना हाल सम्म सन्चालन भएको छैन । गत वर्षबाट जिम्मेवारी सरेर आएका ७५ वटा मुद्धा सहित चालु आर्थिक वर्षको फागुन मशान्तसम्म अदालतमा दर्ता भएका १ सय १७ वटा गरी कुल १ सय ९२ मुद्धा दर्ता भएका छन् ।
 
 
 

सिंहलिला समाचार
6.45AM - 7.15AM
Coming Up Next
Restya Songs & Advritise
7.15AM - 8.00AM
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

NARENDRA RIMAL

NEWS PRESENTER

ANUP RAI

Progarm Presenter

Message Board
Public Poll

Loading...

Program Archives