Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
खेलकुद
कुम्मायक–कुस्सायक आमन्त्रण गोल्ड कप फुटवल प्रतियोगिता हुने

पाँचथर, ७ चैत । दक्षिणी पाँचथरको यासोकमा प्रत्येक तिन–तिन वर्षमा लाग्दै आएको ऐतिहासिक त्रिशाली पूजा तथा मेलाको अवशरमा प्रथम कुम्मायक–कुस्सायक आमन्त्रण गोल्ड कप फुटवल प्रतियोगिता हुने भएको छ ।

आइतबार फिदिममा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगिता आगामी वैशाख ४ देखि १० गते सम्म सञ्चालन हुने त्रिशाली मेला मूल आयोजक समितिका अध्यक्ष देवेन्द्र लावतीले बताए । प्रतियोगितामा सयपत्री सर्वतमुखि मञ्च यासोक, ताप्लेजुङ फुटवल क्लव, इलाम फुटवल क्लव, चर्च व्वाइज युनियन क्लव काठमाण्डौ, मोरङ फुटवल क्लव, फ्यान्स विआरसी क्लव भूटान लगायत ८ टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा बताइएको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, ट्रफि, मेडल र प्रमाण पत्र त्यस्तै उप विजेताले नगद ५७ हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यसपल्ट वैशाख ८, ९ र १० गते त्रिशाली पूजा तथा मेलाको आयोजना गरिएको छ ।

मेलाको अवसरमा भलिवल प्रतियोगिता साथै राष्ट्रिय कलाकारहरु र गरिमा डान्स सेन्टर धरानका कलाकारहरुको साथमा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम समेत हुने मेला मूल आयोजक समितिका अध्यक्ष लावतीले जानकारी दिए ।

खेलप्रेमी मेदनी लावतीले पत्रकार सम्मेलन लाई सहजीकरण गरेका थिए । सम्मेलन नेपाल पत्रकार महाँसघ शाखा पाँचथरमा गरिएको हो ।

 

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

CHHABI CHAPAGAIN

CHEIF TECHNICIAN

Message Board
Public Poll

Loading...

Program Archives