Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
घर जल्दा डेढ लाख नगदसहित साढे पाँच लाखको क्षति

प्रकाश धौलाकोटी
तेह्रथुम, ४ चैत । तेह्रथुमको चुहानडाँडा–३, आहालेका सिंहराज कन्दङ्वाको घरमा गए राती आगलागी हुँदा नगद एक लाख पचास हजार रुपैयाँसहित करिब साढे पाँच लाख रुपैयाँको क्षति भएको छ ।
राती करिब १२ बजे अचानक घर सल्किएको आगोले दुई तले फुसको छानो भएको घर, लत्ता कपडा, अन्नपात र काठपात समेत जलेर नष्ट हुँदा ५ लाख २६ हजार रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सक्रान्तिले जनाएको छ ।
मध्यरातमा लागेको आगो स्थानीयबासीले करिब तीन घण्टापछि नियन्त्रणमा लिएको र आगलागी के कारणले लाग्यो ? भन्ने विषयमा अनुसन्धान भइरहेको  इलाका प्रहरी कार्यालयका इन्चार्ज श्यामानन्द मण्डलले जानकारी दिनुभयो । आगलागी पछि कन्दङ्वाको ७ जनाको परिवार विचल्ली भएको छ ।

सिंहलिला समाचार
6.45AM - 7.15AM
Coming Up Next
Restya Songs & Advritise
7.15AM - 8.00AM
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

DIPIKA LIMBU

Progarm Presenter

BISHNU ADHIKARI

MARKETING

Message Board
Public Poll

Loading...

Program Archives