Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
मनोरञ्जन
कथित ‘डन’ले फिल्म बनाउँदै, आरजु पुगिन कार्यक्रममा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कथित ‘डन’ रोज राणाले फिल्म बनाउन सुरू गरेका छन् । रोजले ‘पर्शुराम’ नामक फिल्म बनाउन लागेका हुन् । यो फिल्मको हालै काठमाडौंमा विशेष कार्यक्रम गरेर घोषणा गरिएको थियो ।

कार्यक्रममा कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाकी पत्नी आरज देउवा पनि पुगेकी थिइन् । आरजुले फिल्म बन्न लागेकोमा शुभकामना पनि दिइन् ।

पर्शुराममा अभिनेता बिराज भट्टले अभिनय गर्ने छन् । फिल्मको निर्माण तथा निर्देशन स्वयं रोजको रहनेछ । रोजको निर्देशनमा बन्न लागेको यो फिल्म पहिलो हो । फिल्म मसालेदार र एक्शनले भरिपूर्ण रहने रोजले बताएका छन् । सोफिया सिने आर्टसको सातौं फिल्मका रुपमा पर्शुराम फिल्म निर्माण हुनेछ ।

फिल्ममा बिराजसँगै अभिनेत्री निशा अधिकारीले पनि अभिनय गर्ने छिन् । यसअघि बिराज र निशाले नौना रेशम नामक फिल्ममा सँगै काम गरेका थिए । फिल्म चैत १ गतेदेखि छायाँकनमा निस्किएको छ ।

Featured Programs
Photo Gallery
RJ Profile

DIPIKA LIMBU

Progarm Presenter

LAXMAN GAJUREL

NEWS PRESENTER

Message Board
Public Poll

Loading...

Program Archives