Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
खेलकुद
नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

फुटबल
नेपालले मलेसियासँग २ वटा मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । पहिलो खेल यही चैत्र १४ (मार्च २७ ) मा हुने छ । दोस्रो खेल आगामी मे महिनामा हुने मलेसियन फुटबल एसोसियसनलाई उद्रित गर्दै अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
चैत्र १४ गते मलेसियामा हुने खेलमा नेपाली राष्ट्रिय टोली र मलेशियाको २२ वर्ष मुनिको टिमबिच प्रतिस्पर्धा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमका नयॉ प्रशिक्षक ग्योटुकी कोजीले नेपाली टिमको नेतृत्व गर्ने एन्फाले जानकारी दिएको छ ।
दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने खेलाडीलाई आधार मानेर टिम घोषणा गरिने एन्फाले जनाएको छ ।
सिमरामा रहेका राष्ट्रिय टिमका प्रशिक्षक कोजी आइतबार काठमाडौ फर्किए लगत्तै राष्ट्रिय टिमको अन्तिम नामावली सार्वजनिक गरीने एन्फाले जानकारी दिएको छ ।
यसअघि मार्च २९ मा मलेशियाको राष्ट्रिय टिमसंग मैत्रिपुर्ण खेल खेल्ने निश्चित भएको भएपनि फुटबल मलेशियाले तालीका परिर्वतन गरेको हो ।
आगामी मे मा फेरी मलेशियन राष्ट्रिय टिमसंग नेपालको मैत्रिपुर्ण खेल आयोजना गर्ने फुटबल मलेशियाले जानकारी दिएको छ ।

Featured Programs
Photo Gallery
RJ Profile

YUBEN LIMBU

TECHNICIAN

NARENDRA RIMAL

NEWS PRESENTER

Message Board
Public Poll

Loading...

Program Archives