Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
अब चाडै स्थानीय निकायको निर्वाचन हुने राज्यमन्त्री शाही

संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहिले नागरिकको आफ्नै सरकारबाट सेवा लिने चाहाना पुरा हुने बताउनुभयो । इलामको २२ औ जिल्ला परिषदले तयार गरेको नीति तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै राज्यमन्त्री शाहीले लामो सयम स्थानीय निकाय जनप्रतिनिधि विहीन भएकाले अब चाडै स्थानीय निकायको निर्वाचन हुने बताउनुभयो । प्रशासनीक नेतृत्व र राजनीतिक नेतृत्वको कार्य शैली फरक परेकाले नागरिकले भने राजनीतिक नेतृत्वबाट सेवा लिन चाहोको बताइन् राज्यमन्त्री शाहीको भनाई छ ।
     स्थानीय निकायको निर्वाचन गराउन सवै दलहरु सहमत भइसकेको उहाँको भनाई छ । ‘संविधानमा यथाशिघ्र स्थानीय निकायको निर्वाचन गराउने उल्लेख छ’–उहाँले भन्नुभयो–‘सवै दलहरु स्थानीय निकायको निर्वाचन गराउन सहमत भएकाले संविधानमा त्यस्तो ब्यवस्था गरिएको हो ।’ सरकार स्थानीय निकायको निर्वाचनमा तयार रहेकाले दलहरुलाई चुनावको माहोल बनाउन राज्यमन्त्री शाहीले आग्रह गर्नुभयो । ‘सरकार निर्वाचनको लागि तयार छ’–उहाँले भन्नुभयो–‘जिल्लामा क्रियाशील दलहरु चुनावको माहोल बनाउन लाग्नुहोस ।’ निर्वाचनको लागि आवश्यक कानुन बनाउन विधेयक संसदमा पठाइसकेको उहाँले जानकारी दिनुभयो ।
    परिषदको सार्वजनिकरण कार्यक्रममा नागरिक अगुवा धर्म गौतम, नेपाल पत्रकार महासंघका अध्यक्ष रोहितचन्द्र भट्टराई, गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष बिरध्वज लिम्बू, उद्योग वाणिज्य संघकी अध्यक्ष सुशीला सापकोटा, राप्रपाका सोमनाथ बास्तोला, तमलोपाका लोकेन्द्र बहादुर समाल, संघीय समाजवादी फोरमका देवेन्द्र राई, राप्रपाका हरिबहादुर डिसी, एनेकपा माओवादीका धिरेन्द्र शर्मा, एमालेका उपाध्यक्ष भक्त केशी, नेपाली काङग्रेसका निरोज खड्गी, प्रमुख जिल्ला इञ्जीनियर ओमराज ढुङ्गना, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल सासंद सूर्यबाला राई, लिलादेवी श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
२२ औ जिल्ला परिषदले
२२ औ जिल्ला परिषदले इलाम जिल्लाको लागि दुई अर्व ८१ करोड ४७ लाख ७५ हजार रुपैयाँ बराबरका बजेट प्रस्ताव गरेको छ । परिषदबाट पारित बजेट, नीति तथा कार्यक्रम स्थानीय विकास अधिकारी मदन कोइरालाले सार्वजनिक गर्नुभयो । २१ औ जिल्ला परिषदको भन्दा ३१ करोड ७२ लाख ९८ हजार तीन सय ४१ रुपैया कमीको बजेट सार्वजानीक भएको छ ।
२१ जिल्ला परिषदबाट तीन अर्व १३ करोड २० लाख ७३ हजार रुपैयाँ ७०१ रुपैयाँ बजाबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिकीकरण गरिएको थियो । स्थानीय विकास अधिकारी मदन कोइरालाले यतार्थपरक बजेट निर्माण गरिएकाले रकम घटेको बताउनुभयो । ‘यो वर्ष हामीले प्रतिवद्धता भएको बजेट मात्रै राखेका छौ’–उहाँले भन्नुभयो–‘गैर सरकारी संस्थाले प्रस्ताव गरेको रकम हटाइएको छ ।’
    आगामी आर्थिक वर्ष २०७३÷०७४ मा कार्यन्वयन गर्नका लागि प्रस्ताव गरिएको बजेट मध्ये एक अर्व ६२ करोड ५५ लाख ८५ हजार दुई सय ८७ रुपैयाँ चालु तर्फ विनियोजन गरिएको छ । पुजींगत तर्फ एक अर्व १८ करोड ९१ लख ९० हजार एकसय तीन रुपैयाँ छुट्याइएको छ ।
    त्यसमध्ये जिविसमा आन्तरिक र वाह्य गरि ७२ करोड आठ लाख ७३ हजार रुपैयाँ बजेट अनुमान गरिएको छ । आन्तरिक आय तर्फ एक करोड ९० लाख रुपैयाँ र राजस्व वाडफाडबाट ९० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । नेपाल सरकार तथा दातृ निकायबाट ६९ करोड २८ लाख २३ हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । यसरी प्राप्त भएको आम्दानीको ४०.४२ प्रतिशत रकम चालुमा र  ५९.५८ प्रतिशत रकम पुजींगत तर्फ खर्च गर्ने गरि बजेट स्वीकृत गरिएको छ । जिविस तर्फको आम्दानी अघिल्लो वर्षको तुलनामा बढेको छ । एक अर्ब ९५ करोड ९९ लाख १६ हजार रुपैयाँ विषयगत कार्याले खर्च गर्नेछन् । त्यस मध्ये एक अर्ब २१ करोड २६ लाख ७७ हजार रुपैयाँ चालु खर्च हुने छ । चालु तर्फ ७४ करोड ७२ लाख ३१ हजार रुपैयाँ खर्च हुने उल्लेख छ । विषयगत कार्यालयको रकम अघिल्लो वर्षको तुलनामा घटेको छ ।    इलामका गैर सरकारी संस्थाले १३ करोड ३९ लाख ८५ हजार रुपैयाँ खर्च गर्ने छन् ।
२२ औ जिल्ला परिषदको अवसरमा विभिन्न क्षेत्रको उत्कृष्ठ ठहरिएका संस्था तथा ब्यक्तिहरुलाई इलाममा पुरस्कृत गरेको छ । उत्कृष्ठ पत्रकारको रुपमा कान्तिपुरका विप्लव भट्टराई पुरस्कृत हुनुभएको छ । उहाँलाई १० हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै उत्कृष्ठ कृषक समुहको पुरस्कार लुम्देको शुभलक्ष्मी कृषि तथा पशुपालक समुहले पाएको छ । उत्कृष्ठ सहकारीको पुरस्कार इलाम नगरपालिकाको नारी विकास बहुउद्देश्यीय सहरकारीले प्राप्त गरेको छ ।
उत्कृष्ठ उपभोक्ता समितिको पुरस्कार नयाँबजार र पञ्चकन्याको बीचमा झोलुङ्गेपुल निर्माण गर्ने सेती दोभान झोलुङ्गे पुल उपभोक्ता समितिले पाएको छ । उत्कृष्ठ गैर सरकारी संस्थाको पुरस्कार नीजि क्षेत्रको छाता संगठन उद्योग वाणिज्य संघ इलामले पाएको छ । उत्कृष्ठ गाविस सचिवको पुरस्कार पशुपतिनगर÷श्रीअन्तुका गाविस सचिव चुडामणी बराल र समाल्वुङ्ग गाविसकी सचिव इन्दिरा लामाले पाउनुभएको छ ।
    जिल्ला विकास समितिको कार्य सम्पादनमा महत्वपुर्ण भूमीका निर्वाह गर्ने कम्युटर अधिकृत बबुल भक्तराज, लेखापाल मदनलहरी आचार्य, सव इञ्जीनियर गोविन्द्र प्रसाद ढकाल, कार्यालय सहायक तीलक कटुवाल पुरस्कृत हुनुभएको छ । जिल्लाको उत्कृष्ठ सामुदायिक विद्यालय कोल्बुङ्गको शान्ति निकेतन मावि भएको छ भने संस्थागत विद्यालयमा माउण्ट मेची बोर्डिङ्ग इङलिस स्कुल घोषित भएका छन् । पुरस्कृत ब्यवक्ति तथा संस्थाहरुलाई पाँच÷पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

Featured Programs
Photo Gallery
RJ Profile

CHHABI CHAPAGAIN

CHEIF TECHNICIAN

AITAMAYA LAWATI

TECHNICIAN

Message Board
Public Poll

Loading...

Program Archives