Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
कृषिले जिल्लामा मकैको उत्पादन बृद्धि गर्ने


जिल्ला कृषि बिकास कार्यालयले जिल्लामा मकैको उत्पादन बृद्धि गर्ने उदेश्यले लामो अध्ययन पछि माटो सुहाउँदो मकैको बिउ बितरण गरेको छ । कार्यालयले कृषकको सहुलियतका लागि अनुदानमा यस बर्ष २० मेट्रिकटन बिउ बितरण गरेको हो ।
अघिल्लो बर्ष एक मेट्रिकटन बितरणमा समेत समस्या रहेकोमा यस बर्ष कृषकको माग उच्च रहेकाले त्यतीको परिमाणमा बिउ बितरण गरिएको जिल्ला कृषि बिकास कार्यालयका बरिष्ठ कृषि बिकास अधिकृत बेनुप्रसाद प्रसाइले जानकारी दिए ।
७५ प्रतिशत अनुदानमा बिउ बितरण गरिएको हो । उनले भने–८० रुपैया प्रतिकिलो पर्ने बिउ हामीले १५ रुपैया प्रतिकिलोमा दिइरहेका छौ । कृषकले बिउका लागि जग्गा धनिपुर्जा र नागरिकताको फोटोकपी पेस गर्नु पर्ने हुन्छ ।
कृषि बिकास कार्यालयले जिल्लामा ३ बटा क्लस्टरको बनाएर बिउ बितरण गरेको हो । फिदिम, याङनाम र यासोक क्लस्टरमा बिउ बितरणको केन्द्र बनाईएको थियो । जस अन्तरगत फिदिम केन्द्रबाट फिदिम भारपा र रानिटारका कृषकलाई बिउ दिइएको हो । त्यस्तै याङनाममा याङनामका कृषकलाई र यासोकमा यासोक, स्याबरुम्बा र रानीगाउँका कृषकलाई बिउ दिइएको हो ।
क्लस्टरमा नपरेका जिल्लाका अन्य गाबिसका कृषकलाई कृषि सेवा केन्द्र मार्फत बिउ बितरण गरिएको कार्यालयले जानकारी दिएको छ । मध्य पहाडी बृहत्तर मकै बिकास कार्यक्रम अन्तरगत सरकारी लगानीमा कृषकको सहुलियतका लागि मकै बितरण गरिएको हो । क्लस्टर बाहेकका गाबिसमा कृषि प्रसार कार्यक्रम अन्तरगत बिउ बितरण गरिएको कार्यालयले जनाएको छ ।
बितरण गरिएको बिउ कृषि कार्यालयले जिल्लाका मकै उत्पादनको पकेट क्षेत्रमा संकलन गरेको संगै आधा बिउ पाल्पाबाट झिकाइएको थियो । पाल्पा जिल्लाबाट १० मेट्रिकटन मकै ल्याईएको हो । जिल्लाबाट बाकी १० मेट्रिकटन तयार पारिएको हो ।
जिल्लामा मनकामना तिन, रामपुर कम्पोजिट लगायतका बिउ बितरण गरिएको हो । मनकामना तिन १७ मेट्रिकटन र रामपुरकम्पोजिट ३ मेट्रिकटन बितरण गरिएको हो ।
जिल्लामा २५ सय कृषकका लागि बिउ बितरण गरिएको हो ।
यस बर्ष जिल्लामा प्रति रोपनि एक सय ५० किलो मकै उत्पादनको अपेक्षा रहेको कार्यालयले जानकारी दिएको छ ।

Featured Programs
Photo Gallery
RJ Profile

SAROJ SHARMA

NEWS CHIEF

BISHNU ADHIKARI

MARKETING

Message Board
Public Poll

Loading...

Program Archives