Date Tuesday, 2018 May 22
Studio Time 04:20:00 NST
News »
हट तपिक्स
बैद्यलाई प्रधानमन्त्री मान्न तयारः प्रचण्ड

 

माओवादीले बालुवाटार र सिंहदरवार छाडनुपर्ने खनालको सर्त

२३ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यलाई प्रधानमन्त्री मान्न तयार रहेको बताउनुभएको छ ।

‘नयाँ सहमति गर्ने हो भने सरकार, संविधान र शान्ति प्रक्रियाका बारेमा नयाँ सहमति खोजिनुपर्छ । त्यसो हुँदा कांग्रेसै नेतृत्वमा हुनुपर्छ भन्ने हुन्न । एकीकृत नेकपा माओवादी, कांग्रेस वा किरणजी हरुको नेतृत्वमा पनि सरकार हुनसक्छ ।’ अन्तर पार्टी महिला सञ्जालद्वारा मंगलबार काठमाण्डौंमा आयोजित गोष्ठीमा प्रचण्डले भन्नुभयो ।

संविधान निर्माणका क्रममा देखिएका विवादित विषयहरु समाधान गर्न तयार भए काँग्रेसको नेतृत्वमा सरकार गठन हुन सक्ने तर, नयाँ सहमति खोजे जुन सुकै दलको नेतृत्व मान्न तयार रहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा काँग्रेस सभापति सुशील कोइरालाले भने वर्तमानसंकटको समाधानका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको र त्यसका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मार्गप्रशस्त गर्नुपर्ने बताउनु भयो । सङ्कट लम्बिए मुलुक अफगानिस्तान बन्ने खतरा रहेको भन्दै उहाँले सबै दल आ-आफ्नो जिम्मेवारीपूर्वक विश्वासका साथ प्रस्तुत हुनुपर्ने बताउनु भयो ।

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारले मात्र विद्यमान सङ्कटको समाधान गर्न सक्ने भन्दै सबै दलहरु नयाँ ढङ्गले जानु पर्ने बताउनु भयो । माओवादीले सिंहदरवार र बालुवाटार नछाडेसम्म सहमति हुन नसक्ने खनालको भनाई थियो ।

नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले विद्यमान सङ्कटको समाधानको एकमात्र बाटो सहमति भएको बताउँदै यदि सहमति भएन भने मुलुकको स्थिति गम्भीर र भयावह हुने बताउनु भयो ।

Featured Programs
Photo Gallery
RJ Profile

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

तारा ढुँगाना

प्राविधिक

Message Board
Public Poll

Loading...

Program Archives