Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
शिशुको टुक्रा टुक्रा सब आलुवारीमा

ताप्लेजुङ, २५ फागुन । ताप्लेजुङमा एक नवजात शिशुको शव टुक्राटुक्रा पारी आलुबारीमा गाडिएको अवस्थामा फेला परेको छ ।

ताप्लेजुङ नगरपालिका–६ निवासी बलबहादुर लिम्बूको आलुबारीमा माटोले पुरेको अवस्थामा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले बताएको छ ।

शव टुक्रिएकाले लिङ्ग पहिचान हुन नसक्ने अवस्थामा भेटिएको हो । टुक्रिएको शव सङ्कलन गरी जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ ।

सोमबार दिउँसो बारीमा आलु खन्ने क्रममा लिम्बूले उक्त नवजात शिशुको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । नवजात शिशुको हत्या गरी कसले गाडेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
 

Featured Programs
Photo Gallery
RJ Profile

Sarala Regmi

Progarm Presenter

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives