Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
खेलकुद
अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता

चितवनको पटिहानीमा जारी अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ  । अब फाइनल प्रवेशका लागि भोली सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब तथा विएमडब्लु भारत र  डब्लुडीबी बंगलादेशवीच सेमिफाइनलका खेलहरु हुने छन् । त्रिभुवन आर्मी भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आज भएको खेलमा वीएमडब्लु भारतले एपीएफलाई पराजित गर्न सफल भयो । त्यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लव विजयी भएको छ । वीएमडब्लु भारतले गतवर्षको विजेता एपिएफलाई ३ सुन्यको सेटमा हराउदै सेमिफाइनलमा प्रवेश गरेको हो । हारका बाबजुत पनि एपिएफ भने अन्तीम चारमा प्रवेश गरेको हो ।

आजै भएको अर्को खेलमा नेपाल पुसिल क्लव विजयी भएको छ । पुलिसले भुटानलाई ३ सुन्यले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । आजै विहान भएको खेलमा भारतसँग ३–१ ले पराजित हुँदै आर्मी समूह चरणबाटै बाहिरिएको हो ।

यसैबीच आजै भएको खेलमा साम्ची स्पोर्टस क्लब भुटानलाई डब्लुडीबी बंगलादेशले पराजित गरेको थियो ।

Featured Programs
Photo Gallery
RJ Profile

YUBEN LIMBU

TECHNICIAN

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives