Date Saturday, 2018 Jan 20
Studio Time 04:20:00 NST
News »
हट तपिक्स
छिट्टै राजनीतिक गतिरोध अन्त्य हुन्छः प्रचण्ड

 

 

 

 

२२ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विद्यमान राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रा डा गोपाल शिवाकोटीद्वारा लिखित ‘नेपालमा सामन्तवादः हत्या, हिंसा र षड्यन्त्रको इतिहास’ नामक पुस्तकको सोमबार लोकार्पण गर्दै प्रचण्डले भन्नुयो-’राजनीतिक पार्टीहरूबीच सहमति एउटा थेगोको रूपमा मात्र नभएर सार्थक र परिणाममुखी सहमति बनाउनेतिर पहलकदमी बढेको छ, हामी सबैले आशा गरौं, छट्टै नेपालको राजनीतिक गतिरोध अन्त्य हुनेछ र नयाँ प्रक्रियामा नेपाल प्रवेश गर्नेछ ।”

उहाँले राष्ट्रपति र राजनीतिक दलहरूबीच हिजो भएको बैठकमा पनि केही दिनभित्र सहमति निकाल्नुपर्छ भनेरसबैले प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्नुभयो ।

पुस्तकमा सामन्तवादको सङ्क्षिप्त परिचय, विश्व परिप्रेक्ष्यमा सामन्तवाद, भारतमा सामन्तवाद, नेपालमा सामन्तवादः प्रारम्भिक अवस्था, लिच्छवीकालः सामन्तवादको उदय, विस्तार र उत्कर्षकाल, मध्यकालीन नेपालमा सामन्तवाद, खस साम्राज्य, उत्तरमध्यकाल बाइसे र चौबीसे सामन्त राज्य, मल्ल वंशको उदय र सामन्तवादको सुदृढीकरणको प्रयासबारे विस्तृत अध्ययन समावेश गरिएको छ ।

Featured Programs
Photo Gallery
RJ Profile

नरेन्द्र रिमाल

स्टेसन प्रमुख र समाचार

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives