Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
खेलकुद
विद्यालय स्तरीय फुटबल प्रतियोगितामा अरनिको बोर्डिङ विजयी

 प्रकाश धौलाकोटी

९ मंसिर तेह्रथुम
तेह्रथुमको बसन्तपुरमा आज सम्पन्न माध्यमिक विद्यालय स्तरीय फुटबल खेलाडी छनौट प्रतियोगितामा अरनिको अंग्रेजी बोर्डिङ, म्याङलुङ विजयी भएको छ । फाइनलमा दीपज्योति अंग्रेजी बोर्डिङलाई २–० गोल अन्तरले पराजित गर्दै अरनिको बोर्डिङ बिजेता बनेको हो । विजयी भएसँगै उसले नगद २० हजार र तीन वर्षे रनिङ शिल्ड साथै क्षेत्रीय प्रतियोगिता खेल्न पाउने भएको छ । यस्तै हारसँगै उपविजेता बनेको दीपज्योति बोडिङले पनि नगद १० हजार, कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । जिल्लाका माध्यमिक स्तरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट प्रतिष्पर्धा गराई उत्कृष्ट छनौट गरेर राष्ट्रिय स्तरका खेलाडी छनौटका लागि नेपाल विद्यालय फुटबल संघले प्रतियोगिता आयोजना गरेको हो । तेह्रथुममै पहिलो पटक भएको प्रतियोगितामा जिल्लाका १६ वटा सामुदाियक तथा निजी विद्यालयले सहभागिता जनाएका थिए ।  विजयी भएको टिमसँगै छानिएका खेलाडीलाई पुर्वान्चल स्तरीय प्रतियोगितामा सामेल आयोजक नेपाल विद्यालय फुटबल संघको जिल्ला अध्यक्ष प्रेमबहादुर खड्काले जानकारी दिनुभयो । 
 
 
Featured Programs
Photo Gallery
RJ Profile

SAROJ SHARMA

NEWS CHIEF

Sarala Regmi

Progarm Presenter

Message Board
Public Poll

Loading...

Program Archives