Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
साहित्य
सजिलै बिर्सन नसकिने खालको किताब होु खुसी

सिंहलिला समाचार ७ भदौ
टेलिभिजन प्रस्तोतामा रामे छबी बनाएका बिजयकुमारको पहिलो पुस्तक खुसी भाद्र अन्तिम सम्ममा बजारमा आउने भएको छ । नया पुस्तकका बारेमा उनले छ्टाउन नहुने पुस्तक भएको बताएका छन । बिजय कुमारले खुसिमा आफनो पहिलो ब्लु फिल्म अनुभवलाई यसरी समाबेस गरेका छन ।
–३७ बर्ष अघि, जीवनमा पहिलो चोटी ब्लु फिल्मु हेर्न हेर्न म डराइ डराइ हनुमान ढोका प्रहरी कार्यालय नजिकै रहेको घरमा पसेको थिएँ । सुकुलमा बसेर भिडियो हेर्नु पर्ने । दश रुपैयाँमा । सेनेमा हलको बाल्कोनी टिकट पाँच रुपैया पर्ने जमानामा सुकुलमा बसेको दश रुपैया धेरै ठुलो कुरा थियो ।
हुन त चिज पनि उसले ठुलै देखाउथ्यो १ त्यसैले दर्शक दश रुपैयाँ बारे गुनासो गर्दैनथे । भिडियो देखाउने घरबेट्टी भन्थ्यो ुयहा डराउनै पर्दैन । फस्ट सो म पुलिसको हाकिमलाई देखाउछु । दश रुपैयामा तीन रुपैया कमिसन पनि दिन्छु । मस्त भएर हेर मोरा हो ।
हेर्दै जाँदा शरीरमा काम ज्वरो आयो । सती सावित्री टाइप हिन्दी सेनेमा हेर्ने बानी परेको म, गोरागोरीको कब्बडी देखेर झण्डै मुर्छा परेको । हिन्दी सेनेमामा मेरी प्रिय नायिका मिना कुमारी घुम्टो पनि बडा मुश्किलले निकाल्थिन् । घु्ँडा भन्दा माथिको भाग देखाउलिन् भनेर त दर्शकले कल्पना पनि गर्दैनथे । तर यहा १ मखन गल्लीकी गोरी त फस्ट सिनमै – छि – हामी जस्तो लाजै नमान्नेलार्इ समेत लाज लाग्ने गरी काले भुसतिघ्रे सित कब्बडी खेल्न थालिन् । मैले तिन दिन ुसुकुलमा बसेर हेर्ने फिलिमु हेरेँ । तेस्रो अनुभव कहिल्यै बिर्सन्न । अलि अबेर पुगेकोले सो सुरु भै सकेको थियो । अंध्यारो कोठाको स्क्रिनमा, औशीको रात भन्दा पनि कालो हब्सी, पूर्णिमाको चन्द्रभन्दा पनि गोरी सित कब्बड्डी खेल्दै थियो । सेनेमा सकिएपछि कोठामा बत्ती बल्यो ।
उज्यालोमा देख्छु त, ए राता मकै, हाम्रो टोलमा ब्रम्हचर्यको प्रवचन दिने बुढा पण्डितजी पनि त्यहि सुकुलमा १ हामीले एक अर्कालार्इ नदेखे झै गर्यौ । दुबैको भलार्इ त्यसैमा थियो । भाद्र २७ गतेदेखि बजारमा आउन लागेको विजयकुमारको पहिलो पुस्तक ुखुसीु का अंश हुन यी । आफ्नो पुस्तक बारेमा उनी लेख्छन् – अनेक रंगले बनेको इन्द्रधनुष हो – खुसी ।
 

Featured Programs
Photo Gallery
RJ Profile

NARENDRA RIMAL

NEWS PRESENTER

YUBEN LIMBU

TECHNICIAN

Message Board
Public Poll

Loading...

Program Archives