Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
पाकिस्तानी प्रधानमन्त्रीले राजिनामा नदिने

सिंहलिला समाचार ६ भदौ
पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले आँफुले राजिनामा दिए देशमा संकट उत्पन्न हुने बताएका छन् । बिभिन्न राजनीतिक दलहरुले उनको राजिनामा माग गर्दै आन्दोलन गरिरहेका बेला प्रधानमन्त्री शरिफले देशमा संकट उत्पन्न हुने भन्दै कुनै पनि हालतमा राजिनामा नदिने बताएका हुन् ।
बरिष्ठ पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री शरिफले नजर अन्दाज गरेर राजिनामा दिए देशमा बिभिन्न समस्या उत्पन्न हुने भन्दै आँफुले राजिनामा दिने बिषयमा नसोचेको प्रष्ट पारेका छन् ।
सरकारले यो राजिनीतिक मुद्धालाई बार्ताको माध्यमबाट सल्टाउने प्रत्यन्त गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री शरिफले धर्नामा रहेका आन्दोलनकारीमाथि बल प्रयोग गर्न समेत सरकारले नचाहेको स्पष्ट पारेका छन् ।
पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खान नेतृत्वको पार्टीले आन्दोलनलाई थप शसक्त बनाउँदै गएको छ । उसले सरकारले प्रतिबन्ध लगाएका बिभिन्न क्षेत्रमा प्रदर्शन गरिरहेको छ भने स्थितीलाई सामान्य पार्न राजधानी इस्लामावादमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
 

 

Featured Programs
Photo Gallery
RJ Profile

DIPIKA LIMBU

Progarm Presenter

SAROJ SHARMA

NEWS CHIEF

Message Board
Public Poll

Loading...

Program Archives