Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
प्रवास
२९ नेपाली युवाको दवुबैमा कन्तबिजोक

 सिंहलिला समाचार २९ साउन 

करिब तीन माहिना पहिले लालितपुरमा रहेको गोर्खा म्यानपावर कम्पानीवाट दुबाई गएका २९ जना नेपालीहरु कष्टकर जिवन विताइरहेका छन । दुवाईमा रहेको अल सलावार जनरल सर्विस कम्पानीमा गएका नेपालीहरु भने अनुसारको सेवा,सुविधा,सेलरी नपाएको गुनासो गरेका छन । विरामी पर्दा विदा नदिएको १ दिन विदा दिए पनि ५ दिनको सेलरी कट्ने गरेको रुपन्देही घर भएका गणेश न्यौपानेले फोन मर्फत जनकारी दिनु भयो । 
गोर्खा म्यानपावरले दुवाईको १  हजार ५० दिने सहमती अनुसार पठाएको थियो तर दुवाई गएका २९ नेपालीहरुले ८ सय मात्रा सेलरी पाएको कपिलवस्तु विसनपुर ६ विलराहवा घर भएका रामदाशा यादवले बताउनु  भयो । कपिलवस्तु गोरुसिगेका हिमाल न्यौपानेको सम्पर्क मर्फत दुवाई गएको रामदाशा यादवले अप्नो समस्या बारे जनकारी गराउदा कुरा गर्न नमन्ने मोवाइल स्वीच अफ गर्ने गरेको दुवाईवाट यादवले दुःख व्याक्त गर्नु भयो ।
८ घण्टा काम भनेर गएको कम्पानीमा १४ देखी १८ घण्टा सम्म काम गर्नु परेको, सेलरी कम पाएको समिर गुरुङले कपिलवस्तुका पत्रकारहरुलाई  जनकारी दिनुभयो । म्यानपावरलाई पटक पटक जनकारी दिदाँ कुनै चासाँे नदिएको दिपक परियाले बताउनु भयो । यता गोर्खा म्यानपावर ललितपुरका सञ्चालक यज्ञमुर्ती बान्जाडेले नेपाली कामदारलाई कुनै समस्या नभएको दावी गर्नु भएको छ ।  
 
Featured Programs
Photo Gallery
RJ Profile

CHHABI CHAPAGAIN

CHEIF TECHNICIAN

AITAMAYA LAWATI

TECHNICIAN

Message Board
Public Poll

Loading...

Program Archives