Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
प्रवास
अबैध बिदेशी कामदार स्वदेश फर्किन पाउने

काठमाण्डौ,१० साउन
इद उल फित्रको अवसर पारेर मलेसिया सरकारले त्यहाँ रहेका अबैध बिदेशी श्रमिक ४ सय रिंगेट जरिवाना तिरेर स्वदेश फर्किन पाउने अफर जारी गरेको छ । हाल मलेसियाले अबैध बसाईको अबधिअनुसार २ देखि ३ हजार रिंगेटसम्म जरिवाना लिने गरेकोमा त्यसलाई घटाएर ४ सय रिंगेटमा झारिएको हो ।
जरिवाना रकम महंगो भएपछि धेरैजसो अबैध कामदार त्यसप्रति आर्कर्षित नभएको ठहर गर्दै मलेसिया सरकारले जरिवाना रकममा भारी कटौती गरेको मलेसियाका गृहमन्त्रीलाई उदृत गर्दै त्यहाँका पत्रपत्रिकाले खबर छापेका छन् । यो योजनाअनुसार करिव २ लाख इन्डोनेसियन अबैध कामदारलाई स्वदेश पठाउन लागिएको जनाएको छ । गृहमन्त्री अहमद जाहिद हमिदिले यो अफर अन्र्तगत सवै बिदेशी कामदार घर फर्किन पाउने बताएका छन् । अहिले इद उल फित्रको अबसर पारेर इन्डोनेसियन कामदारलाई घर र्फितिका लागि प्रोत्साहन गरिएको त्यहाँको गृहमन्त्रालयले जनाएको छ । जुलाई १८देखि सुरु भएको अफर डिसेम्बर ३१ सम्म जारी रहने छ । मलेसियामा करिव ८ लाख नेपाली श्रमिक कार्यरत रहेको अनुमान गरिएको छ जसमध्ये अझै हजारौंको संख्यामा अबैध रहेको अनुमान छ ।
 

Featured Programs
Photo Gallery
RJ Profile

AITAMAYA LAWATI

TECHNICIAN

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives