Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
प्रवास
इजरायलमा दिपकराजले हँसाए, शिव र टिकाले नचाए

हाँस्यअभिनेता दिपक राज गिरीले इजरायलबासी नेपालीलाई पेट मिचीमिची हँसाएका छन्। इजरायली समयअनुसार शुक्रवार साँझ हेल्पिंग हेण्ड इन इजरायलले आयोजना गरेको उक्त कार्यक्रममा सहभागि हुन कलाकारको टोली नै त्यहाँ पुगेको थियो।

सो कार्यक्रममा गायक शिव परियारले आफ्ना आधुनिक गीतहरु गाएका थिए भने लोक गायिका टिका पुनले तीजका गीत प्रस्तुतु गरेकी थिइन्। कार्यक्रममा नेपाली चलचित्रका निर्देशक सुमन दाहालको उद्घोषण रहेको थियो। अन्तरास्ट्रिय कलाकार समाज इजरायल तथा अन्तरास्ट्रिय कलाकार मंच इजरायलका कलाकारहरुको समेत प्रस्तुति रहेको सो कार्यक्रममा इजरायलका लागि नेपाली राजदुत प्रल्हाद कुमार प्रसाईँको प्रमूख आतिथ्यता रहेको थियो। इजरायलमा कार्यरत नेपालिहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा इजरायलमा क्रियाशिल नेपाली संघसंस्था तथा सञ्चार माध्यमका प्रतिनिधीहरुको समेत सहभागिता थियो।
कार्यक्रममा बोल्दै राजदुत प्रसाईँले हेल्पिंग हेण्डस इन इजरायलको उदाहरणीय कामको प्रसंसा गर्नुभएको थियो। उहाँले सम्पूर्ण नेपालीलाई तीजको शुभकामना दिनुभएको थियो। साथै सोहि अवसरमा दरखाने कार्यक्रम पनि राखिएको थियो।


-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

विपुल अधिकारी, समाचार सम्पादक

तारा ढुँगाना

प्राविधिक

Message Board
Public Poll

Loading...

Program Archives