Date Saturday, 2018 Jan 20
Studio Time 04:20:00 NST
News »
प्रवास
पाँचथर यूकेको वार्षिक भेटघाट

 

  पाँचथर यूकेको वार्षिक भेटघाट

-

गत शनिबार पाँचथर समाज सेवा यूकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ताप्लेजुङ्ग समाज सेवाका अध्यक्ष डा. चन्द्र लक्सम्बा, पाँचथर जिल्लामा विगतमा धेरै लामो समयसम्म प्रधानाध्यापक गरेका भीमकुमार सेलिङ्ग, गल्लाबाल रामप्रसाद तुम्रोक, वेलफेयर असिस्टेन्ट गरेका कुवेरसिंह नेम्वाङ्गलाई बिशेष सम्मानका साथ अतिथिमा राखिएको थियो । 
औपचारिक कार्यक्रम संस्थाका अध्यक्ष एकराज नेम्वाङ्ग र वयोबृद्ध पदमबहादुर चुवानले पानसमा बत्ति बालेर उद्घाटन गरेपश्चात् नगेन्द्र नेम्वाङ्गलले सेफ्टीब्रीफ, महिला उपाध्यक्ष लीला सेलिङ्ग  माबोले स्वागत मन्तब्य राखेका थिए । संस्थाले पाँचथर जिल्लावासीहरुबाट जिसिएससी, डिग्री र भिसी कपमा भाग लिएका खेलाडीहरु, फुटबल कपको तयारीमा जुटेका समाजसेवीहरु र हालै पदन्नति भएका व्यक्तिहरुलाई सम्मान गरेका थिए । अतिथि डा. लक्सम्बाले पाँचथर र ताप्लेजुङ्ग जिल्लाबीचको सम्बन्धलाई अझ गाढा बनाई अघि बढ्ने बताएका थिए भने अध्यक्ष एकराज नेम्वाङ्गले पाँचथर समाज सेवाले धेरै राम्रो काम गर्दै आएको बताउँदै आगामी दिनमा अझ प्रगतिको कामना गरे । साथै उनले समाजको एकता र समझदारीलाई कायम राखि अघि बढ्ने वाचा गर्दै औपचारिक कार्यक्रमलाई समापन गरेका थिए । 
नेपाल र चीनको सिमानामा अवस्थित भोटेकोशी नदीमा एक साहसिक बन्जिजम्प गर्ने महिला महेश्वरी नेम्वाङ्गलाई सम्मान गरी उनलाई नै कार्यक्रमको दोस्रो चरणको साँस्कृतिक कार्यक्रम संचालन गर्न माइक हस्तान्तरण गरेका थिए । 
कार्यक्रममा चर्चित कलाकार दौलत राई, संगीता थापामगर, गौरी वनेम, आसराज वोखिम, मेघा नेम्वाङ्ग, इक्सा नेम्वाङ्ग, नमुना नेम्वाङ्ग, लाजेहाङ्ग लिम्बू, शुलभ श्रेष्ठ, खेम्सेक वनेम सिलिया माबो, बीर नेम्वाङ्ग, इक्सा केरुङ्ग, प्रीसीला सुब्बा, कृपा भित्रकोटी, कुस्मा चन्दले आ–आफ्नो कला प्रस्तुत गरेका थिए भने सीता नेम्वाङ्ग र लीला सेलिङ्ग माबोले कविता वाचन गरेका थिए । 
कार्यक्रम सफल पार्न कार्यक्रम संयोजक चन्द्रमान लावतीको अनुरोधमा जयन्द्र विक्रम थाम्सुहाङ्ग, बेदहाङ्ग लावती, बद्री योङ्जा, सुभाष जवेगु, सुवर्ण नेम्वाङ्ग, एकराज नेम्वाङ्ग, दिलकुमार सम्वाहङ्फे, कुल प्रसाद योङ्जा, अविर लावती, तील बहादुर लावतीले आर्थिक सहयोग गरेका थिए । सहयोगदाताहरुलाई संयोजक लावतीले कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए । 
कार्यक्रम मनोरञ्जनका लागि राफल ड्र पनि खेलाइएको थियो । फोटो ग्राफरमा लोकेन्द्र शेर्भा, टिकेटिङ्गमा धनकुमार काम्वाङ्ग र राम आङदेम्बे, डेकोरेशनमा राजकुमार आङदेम्बे र गणेश सम्वाहाङफे, मेडिकलमा भगिरथ जबेगुले सहयोग गरेका थिए भने उपाध्यक्षद्वय कुलप्रसाद योङया र नरबिर आङबोले सचेत रहेर कार्यक्रम सफल पार्न महत्वपूर्ण भूमिका खेलेका थिए । संस्थाका महासचिव नर थाम्सुहाङ्ग र सचिव खगेन्द्र लावतीले कार्यक्रममा उपस्थित महानुभावहरुलाई उभ्याएर राष्ट्रिय गीत सुनाउँदै करिब २ बजे सुरु गरेको औपचारिक कार्यक्रम बेलुका ८ बजे समापन भएको थियो । 


Featured Programs
Photo Gallery
RJ Profile

दिलकुमारी तामाङ

समाचार प्रस्तोता

सुनिता खजुम

कार्यक्रम प्रस्तोता

Message Board
Public Poll

Loading...

Program Archives