Date Monday, 2018 Apr 23
Studio Time 04:20:00 NST
News »
प्रवास
मलेसियामा नेपाली कलाकारका साथमा सांस्कृतिक कार्यक्रम सुरु

सिंहलिला न्युज, २४ साउन

नेपाल आदिवाशी जनजाती महासंघको आयोजनामा मलेसियाका बिभिन्न सहरहरुमा साँस्कृतिक कार्यक्रम सुरु गरेको छ । १९ औं आदिबाशी जनजाती दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । मलेशियाका बिभिन्न सहरमा नेपाली कलाकारको उपस्थितिमा कार्यक्रम गर्न लागिएको महासंघले जनाएको छ । कार्यक्रम लगातार चार दिन सम्म चल्ने बताईएको छ । प्रवासमा रहेका नेपालीले मनोरञ्जनात्मक कार्यक्रमबाट दुख भुलाउने मलेसियामा रहेका नेपाली पुरन तुम्बापोले जनाएका छन । यस्ता अवसर नेपालीलाई कहिलेकाही मात्रै मिल्ने गरेको पनि उनको भनाई छ । मुस्लिम धर्मावलम्बीहरुकॊ चाड हरिरायाको अवसरमा बिदा भएकाले मनोरञ्जनात्क कार्यक्रमको आयोजना भएको हो । यस्ता अवसरमा प्रवासमा रहेका नेपालीले छुटी नपाए पनि सहकर्मीसाथीलाई सहयोग मागेर भएपनि आउने गरेको बताईएको छ ।
 

Featured Programs
Photo Gallery
RJ Profile

सुनिता खजुम

कार्यक्रम प्रस्तोता

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives