Date Wednesday, 2018 Aug 22
Studio Time 04:20:00 NST
News »
प्रवास
चीनमा आँधी दुई सय मानिस बेपत्ता

 

पूर्वी चीनको फुजीआन प्रान्तमा आएको समुन्द्री आँधीका कारण कम्तीमा २ सय मानिस बेपत्ता भएका भएका छन् ।

भिषण बर्षाका कारण आएको बाढीका कारण करिब ३ लाख मानिस घरबारबिहिन भएका छन् । ताईवानको समुन्द्री किनारबाट आएको ताईफुन नामक समुन्द्री आँधीमा अन्य सयौं मानिस हराईरहेको हुन सक्ने अनुमान गरिएको छ ।

चीनको राष्ट्रिय दैवी प्रकोप केन्द्रका अनुसार १ सय १९ किलोमिटर प्रतिघण्टाको बेगमा आएको आँधीमा परी मृत्यु हुने एक जनाको मात्र आधिकारीक जानकारी प्राप्त भएको छ ।

तर अधिकारीहरुको सम्पर्कमा आएका आँधी पिडितहरुले आँफ्ना परिवारका सदस्यलाई आँधीले बगाएको देखेको बताएका छन् । 

करिब साढे ८ हजार मानिसहरु आँधी प्रभावित क्षेत्रका टापुहरुमा थुनिएको चीनको राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । आँधी प्रभावित क्षेत्रमा राहतकर्मी र उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

 

-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

विपुल अधिकारी, समाचार सम्पादक

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives