Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
राजश्व छली आरोपमा भद्रपुरका व्यापारी घोष पक्राउ, गोदाममा छापा र शिल
 
साउन २०,भद्रपुर । नक्कली मूल्य अभिबृद्धि कर (भ्याट) बिलको प्रयोग गरी राजश्व छली गरेको आरोपमा भद्रपुरका व्यापारी सञ्जीव घोष पक्राउ परेका छन् ।
 
राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीको टोलीले भद्रपुरस्थित शिव स्टोर्सका सञ्चालक घोषलाई करोडौं राजश्व रकम छली गरेको आरोप लगाउँदै अनुसन्धानका लागि पक्राउ गरेको हो ।
व्यापारी घोषलाई राजश्व छलीको कसुरमा सुन्सरी अदालतमा पेश गरी अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयले उनको भद्रपुरस्थित शिव स्टोर्सको गोदाममा छापामारी शिल गरेको छ ।
 
प्रारम्भिक अनुसन्धान अनुसार उनले ८ करोड रुपैयाँभन्दा बढी राजश्व छलेको पत्ता लागेको बताइएको छ । गत आइतबार घोषले बिक्रीका लागि लाँदै गरेको एक गाडी कपडा सुनसरीको इटहरीबाट पक्राउ परेपछि राजश्व टोलीले अनुसन्धान गर्ने क्रममा घोषलाई सोमबार भद्रपुरबाट पक्राउ गरी इटहरी लगेको थियो ।
 
 
                         व्यवसायी घोष शिव स्टोरमा
 
सो गाडीमा राखिएको भ्याट बिलमाथि शंका लागी टोलीले अनुसन्धन गर्दा नक्कली भएको पुष्टि गरेको छ ।
 
अनुसनधानका कार्यालय प्रमुख जयबहादुर भण्डारीका अनुसार कुर्ता सुरवाल बोकेको मारुती भेनसहित पक्राउ परेका मोहम्मद युवराम र चालक विकास विश्वकर्माको बयानका आधारमा घोष पक्राउ परेका हुन् ।
 
लामो समयदेखि राजश्व छलेर चुहावट गरिरहेको आरोपमा घोषलाई टोलीले अदालतमा बुझाएको हो ।  विगत वर्षहरुमा छोटी भन्सार भद्रपुरमा राजश्व तिर्ने ठूलो व्यापारीको स्तर बनाएका घोषले पछिल्लो समय भन्सारमा न्यून सामान कटाएर बाहिरबाट अधिक सामान ल्याउन थालेपछि राजश्व टोलीले उनको पिछा गरिरहेको पाइएको छ ।
 
राजश्व श्रोतका अनुसार घोषले एउटै नम्बरको ५ वटासम्म भ्याट बिल बनाई राजश्व छल्ने गरेका थिए । यसवर्ष मात्रै विभिन्न समयमा घोषले अवैध बाटोबाट ल्याएको ४० लाख बढी मूल्य बराबरका कुर्ता सुरुवाललगायत सामग्री पक्राउ गरी सुनसरी तथा झापाका राजश्व सुरक्षा टोलीले राजश्व अनुसन्धान टोलीलाई बुझाई सकेको जनाइएको छ ।
-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

विपुल अधिकारी, समाचार सम्पादक

तारा ढुँगाना

प्राविधिक

Message Board
Public Poll

Loading...

Program Archives