Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
टमाटरको समस्या बुझ्न मन्त्रामलयको टोली पाँचथरमा
विपुल अधिकारी
पाँचथर, १७ साउन
पाँचथरमा टमाटरमा आएको समस्या हल गर्न मन्त्रालयको टोली पाँचथर आएको छ । कृषकहरुले टमाटर विक्री नभएको भन्दै सडकमा फालेपछि मन्त्रालयको टोली पाँचथर आइपुगेको हो ।
पाँथरको हिलिहाङ र याङवरक गाँउपालिकामा उत्पापदन भएको टमाटर समस्या हल गर्न मन्त्रालयको टोली पाँचथरको प्रभावित क्षेत्रमै पुगेको हो । नेपाल सरकारको व्यापार तथा निकास प्रवर्दन केन्द्रको उपनिर्देशक सिद्धिचरण दाहालको टोली प्रभावित क्षेत्रमै पुगेर बास्तविक समस्या बुझेको हो । टमाटर कृषकहरुले चाडो भन्दा चाडो समस्या समाधानका लागि आग्रह समेत गरेका छन् ।
यस अधि भारत निकासिमा सुचिमा नभएको भन्दै टमाटर विक्री भएको थिएन । विक्री नभएपछि कृषकले लाखौ मुल्य बराबरको टमाटर बाटामै फालेर विरोध जनाएका थिए । टमाटर बाहेक अन्य बालि समेत लगाउन छोडेपछि यस्तो समस्या आएको हो । टमाटर कृषका कुराबुझ्दै टमाटर निकासिमा कुनै पनि समस्या नभएको केन्द्रको उपनिर्देशक सिद्धिचरण दाहालले टमाटर भारत निकासिमा कुनै समस्या नभएको बताउनु भएको छ । दाहालका अनुसार टमाटरको समस्या नेपालमै भएको तर भारतबाट कुनै पनि समस्या नभएको बताउनु भएको छ । 
करोडौको टमाटर बारीमै कुहिन थालेपछि सञ्चार माध्यममा समाचार आएपछि पाँचथर उद्योग बागिज्य संघले पहल थालेको थियो । अघिल्लो बर्ष ११ करोड २५ लाख संकलन भएको टमटरले यस बर्ष यो सिजन सम्म करिव १ करोड ४५ लाख मात्रै संकलन गरेको छ । यो अवधिमा करिव ९ करोड ३५ लाख रुपैया घाटा भइसकेको कृषक महासंघ पाँचथरले जनाएको छ । मन्त्रालयको टोलि नै कृषकको बाटोमा पुगेपछि समस्या समाधान हुने कृषकहरुको आशा पलाएको छ । 
 
-
Coming Up Next
-
Find Us on Facebook
Featured Programs
Photo Gallery
RJ Profile

कृष्ण भटराई

मार्केटिङ प्रमुख

विपुल अधिकारी, समाचार सम्पादक

Message Board
Public Poll

Loading...

Program Archives