Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
अर्थ/वाणिज्य
थापा गाउँमा बाख्रा बितरण

सिंहलिला समाचार २८ जेठ हिलिहाङ
हिलिहाङ गाउपालिका वडा नं. ४ को थापा गाउमा सोमबार बिपन्न परिवारलाई आर्यआर्जन गर्न सहज होस भन्ने उदेश्यका साथ बाख्रा बितरण गरिएको छ ।
हिलिहाङ गाउपालिकाको बिपन्नहरुलाई रोजगारी र पशुपालनलाई व्यवसायिक बनाउने उदेश्यका साथ बाख्रा बितरण गरिएको हो । हिलिहाङ गाउपालिकाको वडा नं. २, ४ र ७ नम्बर वडाहरुलाई बाख्रा पालनको पकेट क्षेत्रका रुपमा विकास गर्ने उदेश्यका साथ पालिकाले सो क्षेत्रमा २० वटा वाख्रा र १ वटा उन्नत जातको बोको बितरण गरेको हो । सो कार्यक्रम हिलिहाङ गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष श्रीप्रसाद सिगुको आतिथ्यतामा सम्पन्न कार्यक्रममा हिलिहाङ गाउपालिकाका लेखा प्रमुख सुवास भट्राई, हिलिहाङ गाउपालिकाका प्रेस सल्लाहकार तुलसी क्षितिज, हिलिहाङ गाउपालिकाका पशु पक्षी विकास कार्यक्रमका प्रमुख तिर्थ मिश्रले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

Featured Programs
Photo Gallery
RJ Profile

तारा ढुँगाना

प्राविधिक

विपुल अधिकारी, समाचार सम्पादक

Message Board
Public Poll

Loading...

Program Archives