Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
देश
नेपाली काङग्रेसको जागरण अभियान आज जोरपोखरीमा

सिंहलिला समाचार, २९ जेठ पाँचथर
नेपाली काँग्रेस पाँचथरले मंगलबार गाँउ जाऔँ, गाँउमै रमाऔँ, संगठन निर्माण सशक्त बनाऔँ’ भन्ने नाराका साथ हिलिहाङ गाँउपालिकाको जोरपोखरी बजारमा अग्रज कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
कांग्रेसले संगठनलाई मजबुद बनाइराख्न जिल्लाका सबै स्थानीय तह स्तरमा अन्तरकृया, छलफल तथा सुझाव संकलन गरिरहेको छ । गत जेठ २४ गते मिक्लाजुङ गाँउपालिकाको रवि बजारबाट सुरु भएको कार्यक्रम जेष्ठ ३१ गते फिदिम बजारमा सम्पन्न हुने नेपाली काँग्रेसले जनाएको छ । नेपाली कांग्रेसले अभियानका रुपमा स्थानीय तह स्तरमा पार्टीलाई सशक्त बनाउने, पार्टी संगठनलाई मजबुद बनाउने, काँग्रेसको नेतृत्वमा रहेका स्थानीय तह, वडाहरुमा सुशासन, विकास निर्माणलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङले वताउनु भयो । । जेठ २४ गते मिक्लाजुङ गाँउपालिकाको रवि बजारमा, २५ गते तुम्बेवा गाँउपालिकाको मौवा बजारमा, २६ गते कुम्मायक गाँउपालिकाको यासोक बजारमा, २७ गते फाल्गुनन्द गाँउपालिकाको घुर्विसेपञ्चमी बजारमा २८ गते याङवरक गाँउपालिकाको थर्पू बजारमा भेला सम्पन्न गरेको छ आज हिलिहाङ गाँउपालिकाको जोरपोखरी बजारमा, बुधवार फालेलुङ गाँउपालिकाको मच्छेबुङ बजारमा र विहीवार फिदिम नगरपालिकाको फिदिम बजारमा भेला आयोजना गरिएको सभापपित केरुङले बताउनु भयो। भेलामा काँग्रेसका तर्फबाट गाँउपालिका वडा वर्षको असारमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडा सदस्यहरु र उम्मेद्वार बनेकाहरु सम्मान समेत  गरेको छ । कार्यक्रममा  काँग्रेस सभापति नरेन्द्रकुमार केरुङ सहित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरु, जिल्ला कार्यसमितिका सदस्यहरु लगायतको उपस्थिति रहेको छ ।
 

Featured Programs
Photo Gallery
RJ Profile

तुलसी क्षितिज

विपुल अधिकारी, समाचार सम्पादक

Message Board
Public Poll

Loading...

Program Archives