Date Thursday, 2018 Jun 21
Studio Time 04:20:00 NST
News »
देश
हिलिहाङका चारवटा वडाका १ सय ७८ जेष्ठ नागरिक सम्मानित


सिंहलिला समाचार पाँचथर २८ जेष्ठ
हिलिहाङ गाउपालिकाका ४ वटा  वडाका ८० बर्ष भन्दा माथिका १ सय ७८ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।
 कार्यक्रममा हिलिहाङ गाउपालिका वडा नं. १, २, ३ र ४ का ८० बर्ष भन्दा माथिका सोमबार सम्ममा १ सय ७८ जना जेष्ठ नागरिकहरुलाई दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरिएको छ । सम्मानित जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण समेत गरिएको योजना शाखाका प्रमुख देवेन्द्र कटुवालले जानकारी दिनु भएको छ । हिलिाहाङ गाउपालिका वडा नं. १ मा जेठ २५ शुक्रबार वडाका ४८ जना ८० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । सोही वडा ६० बर्ष माथिका २ सय जना र अपाङता भएका २ जनालाई परिचय पत्र बितरण गरिएको वडा अध्यक्ष गोपी कृष्ण भण्डारीले जानकारी दिनु भयो ।   वडा नं. २ मा ५८ जना ८० बर्ष माथिका जेष्ठ नागरिक शनिवार सम्मानित हुनु भयो भने २ सय १० जेष्ठ नागरिक र १४ जना अपाङगता भएका व्यक्तिहरुलाई परिचय पत्र बितरण गरिएको हिलिहाङ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष भीम हेम्ब्याले जानकारी दिनु भयो ।
हिलिहाङ गाउपालिकाको निर्धारित कार्यक्रम अन्तरगर्त जेष्ठ नागरिक सम्मान तथा परिचय पत्र वितरण कार्यक्रम अन्तरगत हिलिहाङ वडा नं. ४ मा ८० बर्ष माथिका ४६ जनालाई सम्मानित गर्नुका साथै ६० बर्ष भन्दा माथिका १९० जनालाई जेष्ठ नागरिक परिचय पत्र र ७ जनालाई अपाङगता भएका व्यक्तिलाई घरमा नै गएर अपाङगता प्रमाण पत्र वितरण  गरिएको वडा नं. ४ का वडा अध्यक्ष श्री प्रसाद सिगुले जानकारी दिनु भयो । सोमबार  सोही कार्यक्रम अन्तरगत हिलिहाङ वडा नं. ३ का  ८० भन्दा माथिका २६ जनालाई सम्मान गरिएको थियो । ६० बर्ष भन्दा माथिका १४३ जना र अपाङगता भएका ८ जनालाई परिचय पत्र वितरण गरिएको वडा अध्यक्ष मदन गौतमले जानकारी दिनु भएको छ ।
कार्यक्रममा गाउपालिका अध्यक्ष भुवानीप्रसाद लिङ्देन, उपाध्यक्ष सुमित्रा सेढाइ, वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत टार्जन लिम्बु लगायतको उपस्थिति रहेको थियो । पालिकाको आर्थिक बष ०७४/७५ को कार्यक्रम अन्तरगत  जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको हो ।
 

Featured Programs
Photo Gallery
RJ Profile

तारा ढुँगाना

प्राविधिक

तुलसी क्षितिज

Message Board
Public Poll

Loading...

Program Archives